भोजपुर, २४ पौष ।
जिल्ला दैविक प्रकोप उद्धार समितिले भोजपुर सदरमुकामका स्थानियलाई अग्नी नियन्त्रण सामग्री राख्नको लागि अनुरोध गर्ने भएको छ । वजार क्षेत्र आगलागीको हिसावले सम्वेदनशिल रहेको ठहर गर्दै यस्तो आग्रह गर्ने निर्णय गरिएको हो ।
जसको लागि राजनैतिक दल, उद्योग वाणिज्य संघ, भोजपुर नगरपालिका र नागरिक समाजलाई त्यसको सहजीकरणको लागि पहल गर्न अनुरोध गरेको छ ।
वजार क्षेत्रमा साँगुरो सडकको कारण वारुङ्ग यन्त्र लगाएत अन्य सामग्री जान नसक्ने अवस्था रहेकोले स्थानियलाई त्यस्ता खालको सामग्री राख्न अनुरोध गर्ने निर्णय गरेको समितिले जनाएको छ ।
वैठकले तत्कालिन विविध समस्या र भविष्यमा हुने सम्भावित आपतविपतको विषयमा छलफलसंगै अन्य निर्णय पनि गरेको हो । त्यस्तै चिसोको कारण हुन सक्ने महामारीलाई ध्यानमा राख्दै जिल्लाका सवै सम्यन्त्रसंगै मुख्य रुपमा जिल्ला स्वास्थ्य कार्यालयलाई सजक रहन अनुरोध गरेको छ । त्यस्तै माघ २ गते भुकम्प दिवस मनाउने वैठकले निर्णय समेत गरेको छ ।
दिवसको अवसरमा लोकतान्त्रिक गेटबाट चार भञ्ज्याङ्ग सम्म जनचेतना मुलक ¥याली निकाली सहिद पार्कमा आएर एक कार्यक्रम गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र हादालले जानकारी दिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय र रणमव गण भोजपुरले भुकम्प सम्वधि डकुमेन्ट्री देखाउने दाहालको भनाई छ । कार्यक्रमका सहभागीहरुले जिल्लामा विभिन्न समयमा हुन सक्ने सम्भावितआपत विपतको विषयमा सजक रहन आवश्यक रहेको वताएका थिए ।
वर्षातको समयमा वढी मात्रामा बाढी पहिरोको समस्या वढी हुने भएकोले त्यस तर्फ विषेश ध्यान दिनु पर्ने सहभागीको भनाई थियो । कार्यक्रममा वोल्दै जिल्ला भुसंरक्षण कार्यालयका प्रमुख सञ्जय कुमार मिश्रले भोेजपुरमा भुक्षयको समस्या धेरै मात्रामा रहेकोले स्थानिय स्तरमा सडक विस्तार लगाएतको काम गर्दा त्यस तर्फ ध्यान दिनु पर्ने वताए ।
कार्यालयको भुक्षय नियन्त्रण सम्वन्धी धेरै जसो वजेट स्थानिय तहमा गएकोले जिल्ला स्तरबाट विगतका वर्षहरुको जस्तो काम गर्ने अवस्था नरहेको उनको भनाई थियो ।