नीति नियम तय गर्दा ट्रेड युनियनलाई सहभागी गराउनु पर्ने भन्दै ध्यानकर्षण..


जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्कालाई ध्यानकर्षण पत्र वुझाउदै ।

भोजपुर, २१ पौष ।
नेपाल शिक्षक महासंघ भोजपुरले स्थानिय तहमा शिक्षा सम्वन्धी नीति नियम तय गर्दा ट्रेड युनियनलाई पनि सहभागी गराउनु पर्ने माग गर्दै ध्यानकर्षण पत्र वुझाएको छ ।

महासंघले जिल्ला शिक्षा समिति र जिल्ला शिक्षा कार्यालयमा ध्यानकर्षण पत्र वुझाएको हो । शुक्रवार जिल्ला शिक्षा समितिका प्रमुख लक्ष्मण खड्का र जिल्ला शिक्षा अधिकारी डम्बरध्वज आङ्देङ्वेलाई ध्यानकर्षण पत्र वुझाएको महासंघले जनाएको छ ।

महासंघको सहभागीता विना नै स्थानिय तहमा शिक्षा सम्वन्धी निति तय गर्न खोजेकोले निति तय गर्दा ट्रेड युनियनलाई पनि सहभागी गराउनु पर्ने भन्दै ध्यानाकर्षण गराएको हो । ट्रेड युनियनलाई वर्खीलाप गरि तयार गरिएका नीति नियम सफल नहुने र त्यस्ता नीति नियम मान्न वाध्य नहुने ध्यानकर्षण पत्रमा उल्लेख छ ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ जारी भैसकेपछि संघिय सरकारले शिक्षा नियमावली २०७४ सन्दर्भ सामग्रीका रुपमा स्थानिय सरकारलाई उपलव्ध गराएकोमा भोजपुर जिल्लामा पनि सोहि नमुना अनुसार शिक्षकको छनौट, सरुवा आदि प्रक्रियामा हस्तक्षेप उन्मुख भुमिका शुरु भएकाले गम्भिर रुपमा ध्यानकर्षण भएको नेपाल शिक्षक महासंघका अध्यक्ष तीर्थकुमार राईले वताए ।  राईका अनुसार केन्द्रबाट आएको अपिल अनुसार भोजपुरमा पनि ध्यानकर्षण पत्र वुझाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार