‘भोजपुर रमाइलो नगर मेला २०७४’ शुरु यस्तो छ, रौनक (फोटो फिचर)


भोजपुर, १५ पौष ।
स्थानिय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘भोजपुर रमाइलो नगर मेला २०७४’ शनिवारबाट शुरु भएको छ । शुक्रवारबाट शुरु गर्ने भनिएको भए पनि स्टलको लागि आकाङ्क्षीको संख्या वढी हुँदा व्यावस्थापनको लागि थप समय लागेकोले शनिवार मात्र उद्घाटन गरिएको आयोजक सामाजिक विकास सस्थाका अध्यक्ष मनोज खनालले जानकारी दिए ।

स्थानिय उत्पादनको प्रर्दशनीसंगै, उठेको रकमबाट असक्त असहायहरुको सहयोगमा खर्च गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजकको भनाई छ । मेलामा स्थानिय उत्पादनका सामग्री, हस्तकलाको सामग्री, कृषि प्रदर्शनी, विभिन्न खेलकुद, रोटेपिङ्ग, स्वास्थ्य शिविर, लगाएत कृयाकलाप हुने जनाइएको छ ।

शानिवारबाट शुरु भएको ममेला माघ ६ गते सम्म सञ्चालन हुनेछ । मेलामा स्थानियसंगै धराष्ट्रिय स्तर कलाकारहरुको प्रस्तुती जनाइएको छ । मेलाको भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले उद्घाटन गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार