भोजपुर, ४ पौष ।
सौचालय निर्माण नगर्नेलाई सरकारी सेवा सुविधाबाट वञ्चित गरिने भएको छ । भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणाको लागि पटक पटक निर्णय गरि मिति तोक्दा पनि स्थानियले वेवास्ता गरी सौचालय निर्माण नगरे पछि जिल्लाको सर्व दलिय सर्वपक्षिय वैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लाका दुरदराजका ठाउहरु यस अघिै खुल्ला दिसामुक्त घोषणा गरिएको भए पनि सदरमुकामको भोजपुर नगरपालिका – सात र नौ नम्वरको केहि स्थानियले जग्गाको समस्या देखादै सेफ्टीटयाङ्की सहितको सौचालय निमार्ण नगर्दा जिल्ला खुल्ला दिसामुक्त हुनबाट रोकिएको जनाइएको छ ।
भोजपुर नगरपालिकोको आयोजनामा सर्वदलिय सर्व पक्षिय भेलाले आगामी माघ १५ गते सम्ममा सवैलाई सौचालय निर्माण गर्न अनुरोध गर्ने र त्यो समयमा पनि सौचालय निर्माण नगर्नेको राज्यबाट पाउने सवै सेवा सुविधाबाट वन्चित गर्ने निर्णय भएको भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आलेले जानकारी दिए । जसकोे लागि घरघरमा पत्रचार गर्ने, स्थानिय सञ्चार माध्यमबाट सुचनाहरु सम्पेषण लगाएत सुचना मुलक कार्यक्रम गरेर उनीहरुलाई जानकारी दिने मेयर आलेको भनाई छ ।
उनले भने‘ वडा नम्वर ७ र ९ का केहि घरहरुको कारण खुल्ला दिसमुक्त घोषणा गर्न समस्या छ । अव यो अवधिमा सौचालय निर्माणको लागि वजारवासीलाई अनुरोध गर्ने र त्यस पछि पनि अटेर गरेमा वाध्य भएर नगरपालिकाले राज्यबाट दिने सेवा सुविधा काट्छ’ ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले केहि व्यक्तीको कारण जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गर्न वाधा पुगेको वताउदै नगरपालिकाले गर्न लागेको निर्णयमा जिल्ला समन्वय समितिसगै सवैको साथ रहने वताए ।
सौचालय निर्माणको लागि पटक पटक गरिएको अनुरोध वजारवासीले अटेर गरेको वताउदै सहभागीहरुले पनि जिल्लालाई खुल्ला दिसा घोषणा गराउनको लागि जस्तो सुकै कठोर निर्णय गर्नु परे पनि पछि नहट्न सरोकारलावालाई सुझाव दिएका थिए