मोराङ्ग, १९ मंसिर ।
मोरङको बेलबारी नगरपालिका ८ मा आज दिउँसो बाबु छोराबीच झगडा हुँदा छोराले घरमा आगो लगाएका छन्।
बेलबारी नगरपालिका ११ बस्ने केवालाल राजबंशी र उहका छोरा ३४ बर्षिय कुमार राजबंशी बीच घरायसी झगडा हुँदा छोराले लाईटर बाली घरमा आगो लगाएका हुन् ।
आगो सल्किएर राजबंशीको २ तले काठको घरको आधाभाग जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएका प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा ६५ बर्षिय केवालाल र सोही ठाउँका २३ बर्षिय लक्ष्मण ढुंगानाको शरिरको बिभिन्न भाग जलेर घाईते भएका छन्।
घाईते राजबंशीलाई उपचारकालागी धरान घोपा पठाईएको छ भने ढुंगानाको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उक्त आगो आगो लगाउने कुमार राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको छ।