खोटाङमा मुढोले टाउकोमा हिर्काउँदा एकको मृत्यु



खोटाङ, २८ कार्तिक । खोटाङमा रुखको मुढोले टाउकोमा हिर्काउँदा उदयपुरका एक किशोरको ज्यान गएको छ । रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले हिर्काउँदा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षीय दिपक राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।
निर्माणाधिन कुलोमा मजदुरी गर्नका लागि बाबुआमासँगै आएकाबेला जंगलमा दाउरा खोज्नेक्रममा अरुले लडाएको मुढाले हिर्काउँदा घाईते भएका दिपकको मंगलबार मृत्यु भएको हो । ढुंगामा ठोक्किएर उछिट्टिएको मुढाले टाउको र चिउँडोमा लाग्दा गम्भीर घाईते भएका दिपकको उपचारका लागि काठ्माण्डौं लैजानेक्रममा जयराममा पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रनाउ लोकदर्शन थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार