भोजपुरमा मतदाता स्वयमसेवक तालीम सुरु


भोजपुर, २४ कातिक ।
मंसीर १० गते हुने आसन्न प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि भोजपुरमा मतदाता स्वयमसेवक तालिम शुरु भएको छ । मतदाता शिक्षा सञ्चालनको पहिलो दिन शुक्रवार ट्याम्के मैयुङ गाउँपालिका, साल्पासिलिच्छो गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढि गाउँपालिकाकामा ७५ जना, र शनिवार भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका र रामप्रसाद राइ गाउँपालिकाका ७५ जना स्वयम सेवक गरी जम्मा एक सय ५० जनालाई तालिम दिने कार्यालयले जनाएको छ ।

त्यस्तै भोजपुरमा निर्वाचन प्रचार सामाग्री आईपुगेको छ । वस मार्फत निर्वाचन सामाग्रीहरु मतपेटिका, मतपत्र, मतदाता शिक्षा सामग्री, निर्वाचन प्रचार सामगी, स्ट्यामप्याड, मसी, छेकाबारा लगायतका निर्वाचन सामग्री आइसकेको जिल्ला निर्वाचन अभिकारी राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए । जिल्लामा खरीद गनुपर्ने बाहेकका ४९ प्रकारका सामर्गी आइपुगेको र बाकि १७ प्रकारको सामाग्री जिल्लामै खरीद गरीने निर्वाचन अधीकारी पोखरेलको भनाई छ ।

मतदाता शिक्षा स्वयमसेवक तालिम पनि यस पटकको निर्वाचनमा एक लाख १३ हजार ८ सय ९१ जना मतदाता सहागी हुदैछन् । जसमा ५५ हजार ५ सय २९ महिला र ५८ हजार ३ सय ६२ जना पुरुष रहेका छन् । भोजपुर (क) मा ५८ हजार चार सय ४९ र भोजपुर (ख) मा ५५ हजार ४ सय ४२ मतदाता छन् । जिल्लाको १ सय ४८ ओटा मतदान केन्द्र मध्ये भोजपुर (क) मा ७६ र भोजपुर (ख) मा ७२ ओटा रहेका छन् । त्यस्तै ८७ ओटा मतदान स्थल र ८१ ओटा वडा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार