भोजपुरमा वामगठवन्धनको विकल्प छैन् : पुर्व मन्त्री शेरधन राई


 भोजपुर, २३ कात्र्तिक  ।

भोजपुरमा वामगठवन्धनका उमेद्धवारको विकल्प नरहेको गठवन्धले जनाएको छ । जिल्लाको विकासको लागि गठन्वन्धनका उमेदवारको भुमिका अतुलनिय रहेको गठवन्धनले यस्तो दावी गरेको हो । विहीवार  निर्वाचनको एजेन्डा तथा निर्वाचनको गतिविधिको विषयमा जानकारीको लागि  भएको पत्रकार सम्मलेन मार्फत गठवन्धनका उमेद्धवारले यस्तो वताएका हुन् ।

पुर्व मन्त्री, एमाले पोलिटव्युरो सदस्य तथा प्रदेशसभा तर्फ भोजपुर (ख) का प्रत्यक्ष उमेदवार शेरधन राईले भोजपुर वाम गठवन्धनको उमेदवारीले जिल्लामा चर्चा पाएको वताउदै, जिल्लाको  वामगठवन्धनको  विकल्प नरहेको वताए  । उनले भने‘ हाम्रो उमेदवारीलाई भोजपुरे जनता निकै चासोको रुपमा लिएका छन्, भोजपुरका जनताले रुङ उङ्ने, माग्ने धाउने  जनप्रतिनिधि भन्दा पनि डाँडु पन्यू आफनो हातमा लिएर पस्कन जनप्रतिनिधि खोजीरहेको छन् र त्यो क्षमता हामीमा छ ’।

साथै उनले आफू सन्चारमन्त्री हुँदा सञ्चार क्षेत्रको विकासमा गरेको कामको स्मरण गराउदै आगामी दिनमा जिल्लाको सञ्चारको  विकासलाई प्राथमिकता राखेर काम गरेर देखाउने वताए ।

त्यस्तै प्रतिनिधि सभा सदस्य उमेदवार तथा पुर्व सभासद सुदन किराँतीले जिल्लाका विकासको लागि  वामवठन्धनका उमेदवारहरुले हार्दा पनि र जित्दा पनि जिल्लामै रहेर जनताको सेवा गरेकोले जनमत वामगठवन्धनमा रहेको वताए । उनले भने‘ हामी जस्तो सुकै अवस्थामा पनि जिल्लामा रहेर यहाँ जनताको  सेवा गरिरहेका छौ, त्यसैले हाम्रो जित निश्चित छ।’ लोकतान्त्रिक गठवन्धनलाई लक्षित गर्दै किराँती भने साथीहरु जिल्लामा नवस्ने तर टिकट लिएर आउने, यसले गर्दा हामीलाई फाइदा छ ।  वाम गठवन्धनले सवै जनतालाई यस वारे वुझाउने  सके उनिहरुको धरौटी  समेत उठ्न नसक्ने उनको दावी थियो ।

त्यस्तै भोजपुर प्रदेश ‘क’ का उम्मेद्वार राजेन्द्र राईले जनताको विकास समृद्धिको लागि  प्रत्यक्ष जोडिएका स्थानीय विकासका एजेण्डाहरुले मात्र जनतामा प्रत्यक्ष अनुभुति गर्न सक्ने भएकाले हुने र गर्नसक्ने कामहरुको सूची बनाएर जनताको घरदैलोमा पुगेको बताए । उनले भने‘ जिल्लालाई समृद्ध वनाएर यहाँको जनताको आवश्यकता र सवै पक्षका समस्यालाई ध्यान राख्दै  चुनावी मैदानमा लागेको छु।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार