भोजपुर, कात्र्तिक ।
सरकारले भोजपुर सहित २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान गर्दै मंगलवार देखि गरिबीको परिचयपत्र वितरण थालेको हो ।
मन्त्रालयले पहिलो चरणमा पीएमटी को आधारमा २५ जिल्लामा गरेको गरिबी पहिचान विधिबाट ३ लाख ९१ हजार ८ सय ३१ घरपरिवारका १२ लाख २४ हजार ४ सय १७ जना गरिब भएको पहिचान गरेको थियो ।
गरिएका १२ लाख २४ हजार गरिबमध्ये सबैभन्दा बढी गरिबको बसोवास रहेका गाउँपालिकाबाट गरिब परिचयपत्र वितरण गर्न थालिएका सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले जानकारी दिनु भयो । गरिबी पहिचान गरिएका २५ जिल्लामा भोजपुर, खोटाङ, सिरहा, सिन्धुली गरी २५ वटा रहेका छन् ।