सुनसरी,२१ कार्तिक ।
मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्।
मोरङको सुनबर्षी नगरपालिका ७ कुडेलीमा को १ ख ६०८७ नम्बरको टिफरले अपरान्ह ४ बजेतिर पैदलयात्री सोही ठाउँका जनार्दन यादवकी ३ बर्षिया छोरी ज्योती कुमारी यादवलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। मृतकको शव पोष्टमार्टमकोलागी रंगेली अस्पतालमा राखीएको छ भने टिफर चालक फरार रहेकाले खोजी भइरेहको प्रहरी चौकी बरडंगाले जनाएको छ।
त्यस्तै सोमबार सुनसरीको भोक्राहा गाउँपालिका ४ मा भारतीय लहरीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी भोक्राहा गाउँपालिका १ बस्ने अन्दाजी ३२ बर्षिय राम कुमार बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको छ। त्यस्तै सोही ठाउँका ५० बर्षिय डिल्ली बिष्ट गम्भिर भएका छन् । ।
विष्टको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने लहरीका चालक फरार रहेकाले खोजी भइरेहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सुनसरीकै रामधुनी नगरपालिका –४ मा मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल चालक रामधुनी नगरपालिका ५ बस्ने ३० बर्षिय रोहित आचार्य र पछाडी सवार २६ बर्षिय टिकाराम सुबेदी घाइते भएका हुन् । घाइते दुवैको मोडल अस्पताल झुम्कामा उपचार भइरेहको प्रहरी चौकी सिंगियाले जनाएको छ।