भोजपुरको पश्चिमि क्षेत्रका मतदान स्थलको अनुगमन


भोजपुर, २० कात्तिक
आगामी मंसीर १० गते हुने प्रदेश र प्रतिनिधी सभा सदस्यका निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले भोजपुरको पश्चििमि ६ वटा स्थलको सोमवार अनुगमन गरीएको छ । निर्वाचनको मिति नजिकिएकाले सुरक्षा व्यावस्थालाई प्रभावकारी वनाउनको लागि केहि दिन देखि जिल्लाका मतदान स्थल तथा केन्दको्र अनुगमन भईरहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने अवस्था सृजना हुने गरि सुरक्षा व्यावस्था मिलाउने तयारी भईरहेको समितिको भनाई छ ।

समितिले भोजपुर नगरपालिका ८ वोखीममा रहेको पञ्चकन्या माध्यामिक विद्यालय, भोजपुर नगरपालिका ४ मा रहेको सिद्धेश्वर मा.वि, गुप्तेश्वरको पञ्चकन्या मा.वि चप्लेटि, ट्याम्के मैयुङ गाउँपालिका नागीको चण्डेश्वरी मा.वि दिल्पा, खावाको पशुपती मा.वि भञ्ज्याङ र गा.वि.स भवन अन्नपूर्ण गरी ६ वटा मतदान स्थलहरुको अनुगमन जिल्ला सुरक्षा समितिले जनाएको छ ।

अनुगमन गरिएका मतदान स्थलमा सुरक्षाको विषयमा कुनै पनि चुनौती नरहेको समितिको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार