भोजपुरमा वाम गठवन्धन द्धारा चुनावि प्रचार प्रसारलाई तिव्रता


भोजपुर १४ कार्तिक
वाम गठवन्धनले टेम्के मैयुङ्ग गाउपालिका स्तरिय संयुक्त कार्यकर्ता भेला गरेको छ । मंसिर १० मा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई प्रभावकारी बनाई सक्तत रुपमा अगाडी वढाउन कार्यक्रम गरिहेको हो । भेलाले आफ्ना उमेदवारलाई भारी वहुमतले विजयी गराउनको लागि दुवै पार्टी कार्यकर्ता निर्वाचनको प्रचार प्रसार लाग्ने अग्रह समेत गरेको छ । कार्यक्रममा बोल्दै पूर्व सञ्चार मन्त्री, एमाले पोलिटव्युरो सदस्य एवं पदेश सभा तर्फ भोजपुर क्षेत्र नं २ का प्रत्येक्ष उमेदवार शेरधन राईले देशको विकास र समृद्धिका लागी बाम एकता अहिलेको अनिर्वाय आवश्यक रहेको बताए ।
त्यस्तै कार्यक्रममा वोल्दै माओवादी केन्द्रका नेता, पुर्व सासद, एवं प्रतिधिनि सभाका प्रत्यक्ष तर्फका उमेदवार सुदन किरातीले बाम गठबन्धनको माध्यमबाट कमनिष्ट राज्य सत्ता स्थापना गरी सरकार बनाउन एमाले र माओवादि बिचमा तालमेल भएको बताउनु भयो । कार्यक्रममा वोल्दै नेकपा एमाले, केन्द्रिय सदस्य एवं भोजपुर क्षेत्र नं १ का उमेदवार राजेन्द्र कुमार राईले जिल्ला तथा आफ्नो निर्वाचन क्षेत्रमा उठेका जनताका सवाललाई सम्बोधन गदै मुलुकको समृद्धिका लागी अगाडि बढ्ने बताए । सोहि कार्यक्रममा संघीय र नेपाली काङगे्रस परीत्याग गरी ३ जना एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा संघीय समाज वादि फोरम नेपाल बाट टंक प्रसाद खवास, पदम प्रसाद लुइटेल र नेपाली काङगे्रसका चक्र बहादुर खत्री पाटि परीत्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार