रामप्रसादराई गाउँपालिकाका उत्कृष्ट आठ कर्मचारी सम्मानीत

भोजपुर २५ असोज । रामप्रसादराई गाउँपालिकाले उत्कृष्ट आठ जना कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाले सार्वजनिक सुनुवाईको अवसर पारेर उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको हो । सम्मानीत हुने उत्कृष्ट कर्मचारीहमा असिस्टेन्ट सव इन्जिनियर, ज्ञानराज भट्टराई, इन्जिनियर सुजन घले, मेडिकल अफिसर मनोज कुमार शाह, अहेव विनोद नेपाल, नायब शुब्वा नरेन्द्र कार्की, वडा सचिव कमला तामाङ, कार्यालय सहयोगी टिका कुमारी काफ्ले र एम आई यस अप्रेटटर गीता अधिकारी रहेकी छिन् । त्यस्तै गाउँपालिकाको सेवा प्रवाहमा सहजता प्रदान गर्ने सो स्थानको बैंकको शाखा र प्रहरी चौकी बैकुण्ठेलाई समेत सम्मान गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत ०७७/०७८ मा संचालन गरेको योजना तथा कार्यक्रमको समिक्षा तथा ०७८/०७९ मा संचालन हुने योजना तथा कार्यक्रमको कार्यान्वयन प्रगतिका सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत जानकारी गराईएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा पूंजीगत तर्फ ६७ प्रतिशत र चालुगत तर्फ ७४ प्रतिशत काम सम्पन्न गरेको गाउँपालिका अध्यक्ष विजय राईले बताए । गाउँपालिकाले कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाइसकेको र उपभोक्ता समिति गठन प्रक्रियामा ढिलाई भएकाले कार्यान्वनय प्रक्रियाले गति लिन नसकेको प्रमुख प्रशासकिय अधिकृत बावुनन्दन मेहता दिए ।

गाउँपालिका अध्यक्ष विजय राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिको उपप्रमुख अनिसा खड्का र विशेष अतिथि जिल्ला समन्वय समितिको सदस्य बाबुराम बन्जाराको रहेका थिए । त्यस्तै गाउँ कार्यपालिका पदाधिकारीहरु, स्थानीय राजनैतिक दलका पदाधिकारीहरु, नागरिक समाज, स्थानीयको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा योजना कार्यक्रमको कार्यान्वयन स्थिति लगायतको विषयमा जानकारी गराउनुको साथै सो सम्बन्धमा छलफल गाउँपालिकाले जनाएको छ ।