सुनियोजित ढंगले बम हानियोः पुर्व मन्त्री शेरधन राई


 


भोजपुर २८ कात्र्तिक।
सनियोजित ढंगले आफु माथी आक्रमण भएको एमाले पोलिटव्युरो सदस्य पुर्वमन्त्री, भोजपुरका उमेद्धवार शेरधनराई प्रतिक्रिया दिएका छन् । आज चुनावको प्रचार प्रसारको लागि भोजपुरको टेम्के मैयुङ्ग गाउँपालिकाको गोगने तर्फ जार्दै गरेको राई सवार वसमा वम प्रहार भएको थियो । टेम्के मैयुङ गाउँपालिका वडा नम्बर– ६ कोट गुम्बा नजिकै राई चडेको बा १५ च ५६०८ नम्बरको गाडीमा बम प्रहार भएको हो । बम प्रहारबाट गाडीको अगाडी भागको सिसा फुटेको छ । यो गम्भिर घटना भएकाले सवै राजनैतिक दलहरु गम्भिर रुपमा लिन आग्रह समेत गरेका छन् । उनले भने‘ म सानो उमेर नैतिक र निष्ठाको राजनिति गरेको र व्याक्ती हुँ, मेरो लोकप्रियता र निर्वाचन जित्ने पक्का पक्की भईसकेको अवस्थामा सुनियोजित र ठुुलो डिजाइनमा घटाइएको घटनाको रुपमा लिएको छु ।

राईले प्रदेश नम्वर– १ को भावी मुख्य मन्त्रीको रुपमा पनि आफ्नो दावेदारी प्रस्तुत गर्दै आएका छन् मंगलबार बिहानको ९ः ५० बजेतिर भएको आक्रमणमा परि राईका सुरक्षा गार्ड असई डिल्ली देवकोटाको बायाँ हातमा गम्भिर चोट लागेको छ । भोजपुर सदरमुकामदेखि पश्चिीमी टेम्केमैयुङ गाउँपालिका वडा नं – ८, गोगनेको चुनावी सभाको लागि जाने क्रममा राई लगायत अन्य कार्यकर्ता सवार ल्याण्डरोभर गाडिमा सकेट बम आक्रमण गरेको थियो ।
। प्रमुख जिल्ला अधिकारी चेतराज वरालले सुरक्षामा चुनौती थप भएको वताएका छन् । जिल्ला सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंङ्ले मिलाएको भएका पनि यस घटनाले झनै चुनौती थपेको वताएका छन् । उनले भने‘ हामीले सम्भावित यस्ता घटनाको आकलन गरेर नै सुरक्षा व्यावस्था मिलाएका थियौ, तर त्यो त्यति प्रभावकारी देखिएन अव भने हामी चुनावी कार्यक्रम हुँदा उमेद्धवारहरुसंग सहकार्य गरेर कार्यक्रम स्थलबाट सदरमुकाम सम्म ल्याउनको लागि सुरक्षा फौज परिचालन गछौ।’

स्थानियका अनुसार गुम्वामा रहेको होटलबाट करिब १ किलोमिटर टाढा रहेको घुम्तिको उकालोमा आक्रमण भएको हो । सडक माथिको भिरमा कुरेर बसेका आक्रमणकारीले पहिले ढुगा प्रहार गरेका थिए । ढुगा प्रहार लगतै सकेटबम प्रहार भएको थियो । सकेट बम पछि गोलि प्रहार भएको भिमबहादुर श्रेष्ठले बताए । गोलि प्रहार भएपछि शेरधन राईलाई ल्यान्ड रोभर जिप भित्र नै राखेर अङ्गरक्षक डिल्लीराम जवाफि फायर खोलेका थिए । उनले २१ राउन्ड फायर गरेपछि आक्रमणकारी भागेका थिए । घट्का प्रत्यक्ष दर्शी अनेराश्ववियुका केन्द्रिय सचिव मकर खड्काले सुनियोजित रुपमा आक्रमण भएको बताएका छन् ।

शुरुमा विद्युतको ट्रान्सफरमर पडेके जस्तो आवाज आएको धुवा र धुलोको मुस्लो सहित गोलि पड्केको आवाज आएको प्रत्यक्ष वताएका छन् । सदरमुकामबाट कलाकार र उमेदवार सहित चार वटा गाडी छुटेका थिए । कलाकारको गाडि अगाडि गइसके पछि शेरधन राई चढेको गाडिमाथि आक्रमण भएको संगैरहेका समानुपातिक उमेदवार सृजना राईले बताइन । बम आक्रमणपछि निजी सुरक्षा गार्डले २१ राउण्ड जवाफी फाईरिङ गरेको थियो । उक्त बम आक्रमण अज्ञात समुहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक गितनारायण चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार