सुनको मूल्य घट्यो


काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । लगातार बढेको सुनको मुल्य बुधबार भने तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ५८ हजार ३०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन भने प्रतितोला ५८ हजार कायम भएको छ । यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार