अल्ट्रा म्याराथुन धाविका मीराराईको गाँउमा मंसिरमा ‘भोजपुर ट्रेल रनिङ’ हुने


  भोजपुर, १७ कात्तिक ।

भोजपुरमा आगमी मंसीर २ गते अल्ट्रा म्याराथुन धाविका मीराराईको गाँउमा भोजपुर ट्रेल रनिङ हुने भएको  छ ।  भोजपुरमा पनि नयाँ खेलको  सुरुवात गरि खेलाडी उत्पादन गर्ने उद्धेश्यले टे«लको आयोजना गरीएको शुक्रवार सदरमुकामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

दौडमा महिला र पुरुष दुवै सहभागी हुन पाउने आयोजकले जनाएको छ । १७ किलो मीटरको दुरीमा हुने दौड पौवादुङमा गाउँपालिकाको सानो दुम्मा थर्पु विद्यालयबाट, मानेडाँडा, वास्तीम, पारपानी हुदै भोजपुरको टुडिखेल सम्म आएर सम्पन्न हुने आयोजकको भनाई छ  । ट्रेलमा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने महिला पुरुष दुवैले क्रमश दश हजार, आठ हजार, छ हजार, चार, हजार, दुई हजार मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै सिनीयर पुरुष सिनियर महिला, जुनियर महिला र जुनियर पुरुषले ३/३ हजार मेडल प्रमाण पत्र पाउने रीमाचुङ स्पोर्टस एककेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए । यस प्रतियोगितामा प्रथम हुने महिला सहभागीले आगमी जनवरीमा हङ्कङ्गमा हुने ५० किलोमिटर गोर्खा रेसमा सहभागी हुन पाउने अध्यक्ष राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार