पौवादुङमामा दादुरा, रुवेला खोप अभियान सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न


भोजपुर, २२ फागुन । भोजपुरको पौवादुङमा गाउँपालिकामा दादुरा,रुवेला खोप सम्वन्धि पालिका स्तरिय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । यहि फागुन २४ गतेबाट २८ गते सञ्चालन हुने खोप अभियानलाई सफल बनाउनको लागि भईरहेका कामका विषयमा कार्यक्रममार्फत जानकारी दिइएको हो ।

नौ महिनादेखी पाँच वर्षमूनिका कोहि पनि बालबालिका खोप लिनबाट बन्चित नहुन भन्नको लागि अभिमुखीकरण गरिएको स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र कुमार उपाध्यायले बताउनुभयो । यहाँका सम्पुर्ण बालबालिकामा खोप लगाउने लक्ष्य रहेको उहाँको भनाइ छ ।  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई, प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराई, स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु कुमार श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार