भोजपुरका दुई गाउँपालिकाको नयाँ भवन बन्ने, कुन – कुन हुन् ती गाउँपालिका ??


भोजपुर, १२ पौष ।

भोजपुरको दुई वटा स्थानिय तहमा नयाँ भवन निर्माण हुने भएको छ । भुकम्प पुननिर्माण प्राधिकरणको सहयोगमा निर्माण हुने गरि जिल्ला समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

ट्याम्के मैयुङ गाउँपालिका र आम्चोक गाउँपालिकाको कार्यालय भवन बन्ने भएको हो । दुवै गाउँपालिकाले भवन निर्माणको लागि जग्गा समेत व्यवस्थापन गरेको कारण भवन निर्माण लागि छनौटमा परेको टेम्मेमैयुम गाउँपालिकाका अध्यक्ष धुर्वराज राईले वताए । गाउँपालिकाको भवनसंगै थप दुई वटा वडा भवन समेत बन्ने भएको छ ।

पौवादुम्मा गाउँपालिका –३ तिवारिभञ्जाङ्ग र साल्पासिलोछो गाउँपालिका –६ को दोभानेको वडा भवन बनाउने निर्णय भएको जिल्ला समन्वय समिति भोजपुरका सुचना अधिकारी धनकुमार राईले वताए ।

गाउँपालिकाको भवन २५ करोड र वडा कार्यलय ६ करोड सम्मको लागतमा निर्माण हुने राईको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार