१६ वर्षीया किशोरीलाई ‘सुई’ लगाएर ७ जनाद्वारा बलात्कार


कैलाली, ८ बैसाख । कैलालीको घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले बलात्कार गरेको छ ।बलात्कारमा संलग्न सातमध्ये ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । बलात्कारको आरोपमा घोडाघोडी नगरपालिका–१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही पक्राउ परेका हुन् । अर्का एक जना फरार रहेका प्रहरीको भनाई छ ।

उनीहरुले १ वैशाखमै किशोरीलाई घोडाघोडीको जङ्गलमा बेहोस बनाउने सुई लगाएर सामुहिक बलात्कार गरेका प्रहरीको भनाई छ । तर, घटनाको विषयमा शनिबार मात्रै जाहेरी परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

किशोरी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडी जङ्गलमा बलात्कार भएको हो । पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरिएको थियो । नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि अहिले किशोरीको काठमाडौँमा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार