वर्षातले खेतमै सड्न थाल्यो धान, समस्यामा भोजपुरका किसान


युवराज विष्ट
भोजपुर, १४ कात्तिक ।
निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पु¥याएको छ। थन्काउनका लागि काटिएको धान खेतमै कुहिन थालेपछि किसानहरू आर्थिक तथा मानसिक दुवै संकटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् ।
वर्षातले किसानलाई धेरै ठूलो क्षति पु¥याएको पौवादुङमा २ का किसान राजन ढकालले बताउनुभयो । धान थन्काउने मुख्य सिजनमा भएको निरन्तरको वर्षातले किसानहरु समस्या परेको उहाँको भनाइ छ।

“धान थन्काउने मुख्य सिजनमा लगातार वर्षा भईरहेको छ”उहाँले भन्नुभयो,“विटा लगाउन काटेको धान आलीमै कुहिन थालेको छ । नकाटिएको धान पनि लडेर सखाप भएको छ। यस्तै स्थिति रह्यो भने परिवार पाल्न गाह्रो पर्ने अवस्था छ ।” ढकालका अनुसार वर्षातले धान मात्र होइन, पशुचौपायाको लागि राखिने पराल पनि बिग्रँदै गएको छ।
किसानहरुको वर्षभरिको मेहनत वर्षातले सखाप पारिदिएको स्थानीय किसान रुपनारायण फुयालले बताउनुभयो । थन्काउने अवस्थामा रहेको थानमा क्षति पुगेपछि किसानहरुले ठूलो पिडा भोग्नु परेको उहाँको भनाइ छ।

“हामीले वर्षभरको पसिना पोख्यौँ’उहाँले भन्नुभयो,“तर असामयिक वर्षाले केही दिनमै सबै बर्बाद गरिदियो। खेतमै धान सड्न थालेको छ । उत्पादन र गुणस्तर दुवैमा क्षति पुग्दैछ।” लगातारको वर्षा, चिस्यान र घाम नलाग्दा धान सुकाउन सकिने अवस्था नरहेको किसानको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार