
युवराज विष्ट, भोजपुर, १३ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ । अमेरिकाबाट आएका समाजसेवी लिलाहाङ राईले विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण गर्नु भएको हो ।
अमेरिकामा व्यावसाय गर्दै आउनु भएका राईले आफू पढेको विद्यालयमा केहि योगदान पु¥याउने लक्ष्यले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो । आफूसँग धेरै पैसा भएर भन्दा पनि आफ्नो जन्मभूमिलाई माया गर्नुपर्छ भन्ने सोचले विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
“हामीले आफ्नो जन्मभूमि भुल्नु हुँदैन”उहाँले भन्नुभयो, “यहि माटोले मलाई यहाँसम्म पु¥यायो । आफू पढेको विद्यालयमा केहि सहयोग गर्ने उद्धेश्यले यो काम गरेको हुँ ।”
समाजसेवी राईले भोजपुरको सवै भन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि यसअघि रु.११ लाख बढी रकम सहयोग गरेको पनि बताउनुभयो ।
समाज सेवी राईले यसअघि पनि भूकम्पले जीर्ण बनेको भवन निर्माण गरिदिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राजन ढकालले जानकारीले दिनुभयो । उहाँको सहयोगमा चार कोठे भवन निर्माण गरिएपछि पठनपाठनमा सहयोग पुगेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष किरण राईले समाजसेवी राईले आफ्नो मातृभूमिको विकासका लागि गरिरहेको काम उदाहरणीय रहेको बताउनुभयो । समाजका लागि उहाँले गरेको काम सवैको लागि सिक्न लायक र प्रेरणादायक रहेको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले पनि नागरिकको स्वास्थ्य र शिक्षामा जोड दिएको उहाँको भनाइ छ ।
“हामीले आफ्नो ठाउँको विकासमा भूमिका खेल्न आवश्यक छ”अध्यक्ष राईले भन्नुभयो,“अमेरिकाबाट आएर उहाँले गर्नु भएको काम साचै प्रेरणदायक छ । हामीले जो जहाँ भएपनि आफ्नो मातृभूमिलाई सम्झनु पर्छ ।” निःशुल्क पोसाक र शैक्षिक सामग्री पाउँदा विद्याथीहरु खुुसी भएका छन् । दाता राईलाई विद्यालयले मायाको चिनो र सम्मान पत्र हस्तान्तरण गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन ढकालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष किरण राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पौवादुङमा -२ का वडाध्यक्ष हरेन्द्र पौडेल, पूर्व वडाध्यक्ष बम किरात, शिक्षक, अभिभावक विद्यार्थीलगायतको उपस्थिति रहेको थियो। 















