
कोशी प्रदेश सरकारले ल्याउन लागेको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’मा रहेको प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै भोजपुरका पत्रकार धर्नामा बसेका छन् । सरकारले ल्याउन लागेको विधेयकले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुर्याउने भन्दै पत्रकारहरूले विरोध गरेका हुन् ।

नेपाल पत्रकार महासंघ, भोजपुरको आयोजनामा बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरूले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले विधेयकमा पत्रकारिताको स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।
विधेयकमा पत्रकारिता माथि अंकुश लगाउने प्रावधान रहेको भन्दै नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकार संगठनहरूले विरोध गरिरहेका छन् ।
















