एसइईमा पञ्चकन्या मावि बोखिमका सतप्रतिशत उत्तीर्ण


भोजपुर, १८ असार ।
यस वर्षको एसइई परिक्षामा भोजपुर नगरपालिका ५ बोखिमको पञ्चकन्या माध्यमिक विद्यालयका सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परिक्षामा सामेल सवै १७ जना विद्यार्थीले एसइई परिक्षा उत्तीर्ण गरेका हुन् ।
विद्यालयकी छात्रा पुनम प्रधानले सवै भन्दा बढी ३ दशमलव ५५ जीपिए ल्याएर एसइई उत्तीर्ण गरेकी छिन् । त्यस्तै संगिता बस्नेतले ३ दशमलव ४९ र निलम प्रधानले ३ दशमलव ४७ जीपिए ल्याएका छन् ।


औषतमा विद्यालयको सिकाई उपलब्धि ३ दशमलव २० रहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । यहाँका विद्यार्थीले अधिकतम ३ दशमलव ५५ जिपिएदेखी न्यूनतम २ दशमलव ८६ ल्याएर उत्तीर्ण गरेका छन् । एसइईमा उत्तीर्ण भएका विद्यार्थीलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ । विद्यालयले एसइईमा राम्रो नतिजा ल्याएपछि ¥यालीरहित बजार परिक्रममासमेत गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार