हतुवागढीको १७ औँ गाउँसभामा : नाङ्लो र बदामको दानाले खेलेर स्वागत (फोटो फिचर) ः


भोजपुर ८ असार ।
स्थानीय उत्पादन प्रवद्र्धन गर्न भोजपुरको हतुवागढी गाउँपालिकाले गाउँसभाको अवसरमा स्थानीय सामग्रीको प्रयोग गरेको छ । आइतबार १७ औँ सभामा स्थानीय उत्पादन प्रर्दशर्नी झल्को दिने गरी स्थानीय सामग्रीबाट सजावट गरिएको छ ।


मुख्य रुपमा यहाँका नागरिकको राम्रो आम्दानी श्रोत तथा हतुवागढीको चिनारीको रुपमा रहेको बासबाट बनेको नाङ्लोमा लेखेर गाउँपालिकाले कृषि र पर्यटनमा लिएका लक्ष्यहरुलाई राखिएको छ । त्यस्तै यहाँको उत्पादन बदामको दानाबाट लेखेर आगन्तुकहरुलाई स्वागत गरिएको छ ।


यहाँका पहिचानलाई झल्काउने गरी यो वर्षको गाउँसभामा स्थानीय उत्पादनको प्रयोग गरेर तयारी गरिएको गाउँपालिका अधिकृत कर्ण लिम्बुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार