चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै


युवराज विष्ट
भोजपुर, ३१ जेठ ।
‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ वटा स्थानीय तह बीच समन्वयत्मक पर्यटन प्रर्वद्धन वैठक सम्पन्न भएको छ । यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिधि, पर्यटन व्यवसायी, उद्यमी, होटल व्यवसायी र पदमार्गमा आधारित पर्यटन विकासका परियोजना बीच समन्वत्मक वैठक गरिएको हो ।

वैठकमार्फत विस्तार भईरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृति सम्पदाहरुको संरक्षण तथा जर्गेणा हुने गरी काम गर्ने निर्णय गरिएको छ । हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकाको संयुक्त आयोजनामा घोडेटारमा भएको अन्तरपालिका बीचको सरोकारवालाको वैठकमा सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको वेलका नगरपालिका,खोटाङको साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकाको सहभागिता रहेको थियो ।
त्यस्तै भोजपुरको हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिका गरी ११ वटा स्थानीय तहको सहभागिता जनाएको हतुवागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो ।
अन्तरपालिका बीच भएको वैठकमार्फत पदमार्गको विकासका लागि साझा धाराणा लिएर अघि बढ्ने प्रतिवद्धता गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । पदमार्गले छोएका स्थानीय तह बीच गरिएको कार्यक्रमले पदमार्गको विकास तथा प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ छ ।
“ग्रेटर पदमार्गका विषयमा हतुवागढीमा समन्वयत्मक वैठक सम्पन्न गरेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“यो वैठकबाट पदमार्गको थप विकास लागि कसरी अघि बढ्ने भन्ने विषयमा बृहत्त रुपमा छलफलसमेत गरिएको छ । अहिले सवै पालिकामा भइरहेको पदमार्ग निमार्णको कामको विषयमा छलफल गरेका छौँ ।”
अन्तरपालिका पालिका बीच भएको सरोकारवाला पक्षको वैठक उपलब्धिमूलक बनेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । वैठकबाट पदमार्गको कामलाई भावी दिनमा कसरी गुणात्मकढंगले अघि बढाउने भन्ने विषयमा योजना तयार गरिएको उहाँको भनाइ छ ।
पदमार्ग विस्तार भइरहेका स्थानीय तहसँगै पर्यटनसँग सम्वद्ध पक्षहरु बीचको कार्यक्रम भएकाले यसले दिर्घकालिन महत्वलाई समेटेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । पदमार्गलाई पर्यटनसँग जोडेर संस्कृतिको संरक्षणसँगै आर्थिक पक्षको विकासमा टेवा पु¥याउन गर्न सकिने थप कामको विषयमासमेत छलफल गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले पदमार्गको समग्र विषयमा जानकारी दिएको छ । साथै दिगो र नविनतम् पर्यटन विकासको अवधारणाको बारेमासमेत अवगत गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार