घुम्ती शिविरमार्फत दोभानेका ३५५ जनाको राष्ट्रिय परिचय पत्र विवरण संकलन


भोजपुर, २७ जेठ ।
भौगोलिक रुपमा विगत रहेका साल्पासिलिछो गाउँपालिकाको दुई वटा वडामा घुम्ती शिविरमार्फत राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरिएको छ । इलाका प्रशासन कार्यालय दिङ्लाले दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा दिन सामाजिक सुरक्षा भक्ता लिदै आएका बृद्धबृद्धा तथा असक्त नागरिकलाई लक्षित गरेर घुम्ती शिविरमार्फत विवरण संकलन गरेको हो ।
साल्पासिलिछोको दुर्गम क्षेत्र वडा नं ५ र ६ दाभानेका तीन सय ५५ जनाको वितरण संकलन गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारी जानकारी दिनुभयो । जेठ २३ गतेबाट चार दिनसम्म शिविर सञ्चालन गरेर विवरण संकलन गरिएको उहाँको भनाइ छ ।

“घुम्ती शविरिमार्फत दुर्गम क्षेत्र दोभानेका नागरिकको राष्ट्रिय परिचय पत्रको वितरण संकलन गरेका छौँ”प्रमुख अधिकारीले भन्नुभयो,“यो क्षेत्र भौगोलिक रुपमा निकै विकट रहेकोले  शिविरमार्फत घरदैलो पुगेर सेवा प्रदान गरेका हौँ । यसले जेष्ठ नागरिक र असक्त नागरिकलाई ठूलो राहत पुगेको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार