
युवराज विष्ट
भोजपुर, २३ जेठ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले बालबालिकाको पूर्ण खोपको सुनिश्चिततामा जोड दिएको छ । यहाँका खोप लगाउने उमेर समुहका सम्पूर्ण बालबालिका सेवाबाट बन्चित नहुन भन्नको लागि गाउँपालिकाले खोप सुनिश्चितताको कार्यक्रम सञ्चालन गरेको हो ।
यो वर्षमा लक्षित उमेर समुहका चार सय ४४ जना वालबाललिकाले खोपको मात्रा पुरा गनेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ । सोह्र महिनादेखि ५९ महिनासम्मका बच्चाले सरकारले निर्धारण गरेको खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो ।
घरमा नै पुगेर वालबालिकाको खोपको अवस्था बारेमा सवै जानकार लिदा खोप लगाएको पाइएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको उहाँको भनाइ छ ।
यस अघि यहाँका सम्पूर्ण वडाहरु पूर्ण खोप सुनिश्चतता घोषणा भएपश्चात गाउँपालिकालाई पनि घोषणा गरिएको प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीले घरघरमा पुगेर बच्चाको पोसन लेखा जोखासँगै खोप लगाएको सुनिश्चतता भएसँगै यो बर्षलाई गाउँपालिका पूर्ण खोप सुनिश्चत घोषणा गरिएको उहाँको भनाइ छ ।
यहाँको स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । वालबालिकाको स्वास्थ्यसँगै उनीहरुको भविष्यको लागि ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । स्वास्थ्य जीवन निर्वाहको पहिलो आधार रहेकोले गाउँपालिकाले यहाँका स्वास्थ्यको क्षेत्रमा हुने कार्यक्रमलाई योजनाबद्ध र नतिजामूखी बनाउने गरि काम गरिरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
“हामीले गाउँपालिकालाई पूर्ण खोप सुनिस्चित स्थानीय तह घोषणा गरेका छौँ” अध्यक्ष राईले भन्नुभयो,“मानव जीवन निर्वाहको पहिलो आधार नै स्वास्थ्य हो । नागरिकलाई सहज स्वास्थ्यको सेवाको लागि हामीले श्रोत र साधनको अधिकतम परिचालन गरिरहेका छौँ ।”















