भोजपुरमा ट्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु


भोजपुर, ३१ चैत । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । गएराती भोजपुर नगरपालिका -५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बर ट्याक्टर नगरपालिका -३ सेतीबगरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा भोजपुर नगरपालिका -५ का वडा सदस्य निर प्रसाद फुयाल र सोहि ठाउँका स्थानीबासी भक्तबहादुर थापाको मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिनाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार