
भोजपुर, ७ चैत ।
भोजपुरका अलैंची कृषकको समस्या पहिचानको गर्न विज्ञ समुह किसानको अलैंची बगानमा पुगेको छ । विभिन्न रोग, किरा तथा प्रकोपका कारण किसानको अलैंची बगान नश्ट हुन थालेपछि अलँैची महासंघसहितको विज्ञ समुह किसानको वगानमा पुगेको हो । कोशी प्रदेश सरकार र नेपाल अलैँची व्यवसायी महासंघको अगुवाईमा अलंैची किसानको समस्याको खोजी कार्य भईरहेको छ । किसानको अलैंची बगानमा पुगेर उनीहरुको समस्यासँगै गुणस्तररिय उत्पादन,बजारीकरणका विषयमा जानकारी दिइएको हो ।
अलैंची कृषकको समस्याको खोजी, पहिचानसँगै गुणस्तरिय अलैंची उत्पादनको विषयमा ज्ञान प्रदानको गर्न प्रदेश सरकारसँगको सहकार्यमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको नेपाल अलैची व्यवसायी महासंघका महासचिव नारायण प्रसाद चिमोरियाले जानकारी दिनुभयो । यो अभियान अन्र्तगन अलंैचीका विज्ञ प्राविधिकसहित सरोकारवाला पक्ष र किसानसँग बसेर अलैंचीमा देखिएको समस्या, त्यसको समाधान र गुणस्तरिय अलंैची उत्पादनको बारेमा जानकारी प्रदान गर्ने काम भईरहेको महासचिव चिमोरियाले जानकारी दिनुभयो ।
“अलंैची किसानको समस्या पहिचान गर्नका लागि हामीले प्रदेश सरकारसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेका छौँ”महासचिव चिमोरियाले भन्नुभयो,“विज्ञ समुहसहित किसानको अलैंची वगानमा नै पुरेर उनीहरुको समस्या पहिचान गरेर समाधानको उपाय दिँदै आएका छौँ । योसँगै बजारीकरण र गुणस्तरिय अलैंची उत्पादनका विषयमासमेत किसानलाई आवश्यक प्राविधिक ज्ञान प्रदान गरेका छौँ ।”
व्यावसायिक अलैंची खेतीमा लागेका किसानको समस्याको खोजी गर्नको लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका ५ चोलन्तीमा कार्यक्रम सञ्चालन गरिएको छ ।
यहाँ किसानको वगानमा नै पुगेर प्रयोगात्मक रुपमा अलैंचीमा देखिएका रोग, समस्याका विषयमा प्रत्यक्ष रुपमा साक्षत्कार गरिएको नेपाल अलैची व्यवसायिक महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो । पछिल्लो समय अलैंचीमा विभिन्न रोगका कारण उत्पादनमा ह्रास आएकाले बगानमा नै पुगेर किसानलाई आवश्यक ज्ञान प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो । यो अभियान अन्तर्गत अलैंची बढी उत्पादन हुने कोशी प्रदेशका नौ वटा जिल्लाका किसानको अलंैची बगानमा पुग्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।
“पछिल्लो समय अलैंचीमा विभिन्न खालका समस्या देखिरहेका छन्” अध्यक्ष भट्टराईले भन्नुभयो,“जसका कारण धेरै किसानका ठूला/ठूला वगान नश्ट भएको अवस्था पनि छ । किसानलाई स्थलगत रुपमा नै पुरेर आवश्यक ज्ञान प्रदान गर्न हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”
स्थलगत अनुगमनका क्रममा किसानले विस्तार गरेको अलंैचीमा विभिन्न खालका रोगको प्रकोप देखिएकाले त्यसको समाधानका विषयमा आवश्यक जानकारी प्रदान गरिएको अलैंची विकास केन्द्र इलामका प्राविधिक दिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । बगान अनुगमनका क्रममा बोट सुक्ने, गाँनो कुहिनेलगायतको रोग बढी मात्रामा देखिएको प्राविधिक श्रेष्ठले बताउनुभयो ।
“हामीले किसानको वगानलाई स्थल रुपमा नै अनुगमन गरेर रोग तथा उपचारको पद्धतीको बारेमा ज्ञान दिएका छौँ” उहाँले भन्नुभयो,“किसानमा रोग किरा तथा प्रकोपको विषयमा जानकारी नुहँदा पनि समस्या भएको पाइयो । अलैंचीको उत्पादनलाई बढाउनको लागि गर्न सकिने प्राविधिक ज्ञान पनि प्रदान गरेका छौँ ।
अलंैची किसानले आफुले भोगेका समस्या तथा देखिएका रोग, प्रकोपको विषयमा विज्ञ समुहलाई जानकारी गराएका छन् । अलैंचीमा देखिएका समस्या र समाधानको विषयमा कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादव आवश्यक जानकारी गराउनुभयो । मुख्य रुपमा अलंैचीमा जिवानु र ढुसीजन्य रोगको प्रकोप बढी मात्रा देखिएको उहाँको भनाइ छ ।
अलैंची किसानको समस्यालाई वगानमा नै पुगेर निराकरण गर्न स्थलगत रुपमा कार्यक्रम सञ्चालन गरिएको नेपाल अलैंची व्यवसायी संघ जिल्ला शाखा भोजपुरका अध्यक्ष राजेश विष्टले बताउनुभयो । जिल्लाका किसानको राम्रो आम्दानीको श्रोतको रुपमा रहेको अलैंचीको उत्पादनलाई बृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
“यहाँका धेरै किसानले अलैंचीको व्यावसायिक खेती गरिरहेका छन्” अध्यक्ष विष्टले भन्नुभयो,“आवश्यक प्राविधिक ज्ञान नहुँदा किसानले धेरै समस्या भोग्दै आएका छन् । किसानले भोगेका समस्याको खोजीसँगै प्राविधिक ज्ञान प्रदान गर्न विभिन्न कार्यक्रम गरिरहेका छौँ ।”
गाउँपालिकाका किसानको राम्रो आम्दानीको श्रोतको रुपमा अलैंची रहेकोले यसको विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । किसानले गुणस्तरिय उत्पादनमा जोड दिन आवश्यक रहेको उहाँको भनाइ छ । अलैंची व्यावसायको निरन्तरताको लागि किसानले ध्यान दिन आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ ।
विभिन्न रोगसँगै मुल्यमा स्थिरता नभएका कारण समस्या रहेको टेम्केमैयुङ ५ चोलन्तीका किसान चक्रबहादुर विष्टले बताउनुभयो । राज्यको तहबाट बजारीकरणसँगै अलंैची किसानका लागि दक्ष प्राविधिक, उन्नत जातको विरुवा वितरण र माटो परिक्षणमा सहयोग गर्न आवश्यक रहेको किसान विष्टको भनाइ छ ।

























