भोजपुर क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका सोविन तामाङ विजयी


भोजपुर, ६ चैत । भोजपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखिल (क्रान्तिकारी) सोविन तामाङ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मत परिणाम अनुसार नेवि संघ र अनेरास्ववियुका साझा उमेदवार अशोक कुमार कार्कीलाई पराजित गर्दै क्रान्तिकारीका तामाङ सभापतिमा विजयी बन्नु भएको हो ।

तामाङ अखिल (क्रान्तिकारी) समाजबादी विद्यार्थी युनियन, अनेरास्ववियू र अखिल (समाजबादी) संयुक्त प्यानलबाट उम्मेवार बन्नु भएको थियो । तामाङ निकटम प्रतिद्धवन्दी कार्कीलाई २५ मतान्तरले पछिपार्दै सभापतिमा विजयी बन्नु भएको हो । तामाङले २५३ मत प्राप्त गर्नुभयो भने कार्कीले २२८ मत प्राप्त गर्नुभयो ।

सचिवमा तामाङकै साझा प्यानलका जीवन राई र कोपाध्यक्ष कार्की प्यानलका विशाल कार्की विजयी बन्नु भएको हो ।
क्याम्पसमा एक सय ६६ छात्र र चार सय २५ जना छात्रा गरी कुल पाँच सय ९१ जना कुल मतदाता रहेकोमा एक सय ३६ जना छात्र र तीन सय ५४ जना छात्रा गरी चार सय ९० जनाले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार