प्रेस चौतारी नेपाल भोजपुरको पाँचौँ जिल्ला अधिवेसन सम्पन्न,अध्यक्षमा दुराल निर्वाचित


भोजपुर, १९ माघ । प्रेस चौतारी नेपाल भोजपुरको अध्यक्षमा मोहन दुराल निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न पाँचौँ जिल्ला अधिवेसनबाट दुराल अध्यक्ष निर्वाचित हुनु भएको हो । कमिटीको उपाध्यक्षमा मकर तामाङ, सचिव असिम दुङमाली, सहसचिव मनोज विश्वकर्मा, कोषाध्यक्ष दिपेन बस्नेत, सदस्यहरुमा शुस्मा शिवा, विनिता प्रधानसहित नौ सदस्य कार्यसमिति चयन भएको छ ।

अधिवेसनले केन्द्रीय प्रतिनिधिमा केशर बहादुर राई,युवराज विष्ट र सरस्वती तामाङलाई चयन गरेको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा  गणेश विष्ट, बाबुराम बास्तोला निर्वाचित भएको अध्यक्ष दुरालले जानकारी दिनुभयो । कार्यक्रम प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज एक्सन राई, केन्द्रीय सदस्य श्यामकृष्ण दाहाल, प्रेस चौतारी नेपाल निर्वाचन आयोग सदस्य मानवि मोक्तानको उपस्थितिमा सम्पन्न भएको हो ।

त्यस्तै कायक्रममा प्रेस चाैतारी नेपाल जिल्ला शाखा भोजपुरका पूर्वअध्यक्षहरु चित्राङगत चौलागाई, एक्सन राई, किरण राई तथा प्रेस चौतारी केन्द्रीय सदस्य श्यामकृष्ण दाहाल सम्मान गरेको हो । साथै केही समय अगाडी प्रेस चौतारी नेपालबाट पत्रकार महासंघ भोजपुरमा निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ ।


कार्यक्रमकाे खुल्ला सत्रमा पत्रकार महासंघ जिल्ला शाखा उपाध्यक्ष सारदा तामाङ, प्रेस युनियन नेपालका अध्यक्ष अर्जुन बस्नेत, प्रेस सेन्टर नेपालका निवर्तमान अध्यक्ष विवेक राई, नेपाल आधिवासी जनजाती पत्रकार महासंघ _(फोनिज) का अध्यक्ष बुद्धप्रसाद तामाङ, भोजपुर नगरपालिका ८ का वडाध्क्ष नविन प्रधान, भोजपुर क्याम्पसका स्ववियु सभापति निशान राईलगायत विभिन्न संघ संस्थाको प्रनिधित्व रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार