
भोजपुर, ११ माघ । भोजपुरमा सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीराम चौलागाँइले पदभार ग्रहन गुर्न भएको छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लक्षित गरेर सरकारले गठन गरेको आयोगका अध्यक्ष चौलागाँईले पदभार ग्रहन गर्नु भएको हो । पदभार ग्रहण पश्चात जिल्लाका सवै खाले भूमि सम्वन्धि समाधनका लागि सवै पक्षसँग समन्वय गरेर काम गर्ने उहाँले बताउनुभयो । विगतमा भएका कामलाई निरन्तरता दिँदै सरकारले दिएको जिम्मेवारी पुरा गर्ने उहाँको भनाइ छ ।
“भोजपुरको भूमि सम्वन्धि समस्या समाधानका लागि आयोगले गम्भिरढंगले काम गर्नेछ” अध्यक्ष चौलागाँईले भन्नुभयो,“विगतमा यो आयोगले गरेका कामहरुको अध्ययन गरेर त्यसको निरन्तरतासँगै थप कामलाई व्यवस्थितढंगले अघि बढाउँछौँ ।”
पदभार ग्रहण कार्यक्रमा जिल्ला स्थित राजनितिक दल, सरकारी कार्यालय, नागरिक समाजलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले भूमि सम्वन्धि समस्या समाधानमा आयोग गम्भिरढंगले लाग्नु पर्ने धाराणा राखे । सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदलको कारण कामले पूर्णता पाउन नसकेको उनीहरुको भनाइ छ । अव भने यो आयोग नै अन्तिम हुने गरी जिल्लाका भूमि सम्बन्धि समस्या समाधानमा काम गर्नु पर्ने सहभागीको भनाइ छ ।