
भोजपुर, २४ पुस ।
नेकपा (एमाले) भोजपुर नगरपालिका वडा नं १२ वडा कमिटीको अध्यक्षमा युवराज श्रेष्ठ(दिपक) निर्वाचित हुनु भएको छ । वडाको दोश्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा नवराज आचार्य, सचिव बाबुराम तामाङ, उपसचिवहरुमा दिपेन दर्नाल, मनिता वर्देवा रणपहेली निर्वाचित हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पार्टी कमिटी निर्माणमा आफ्नो नेतृत्वको कमिटीले सशक्त भूमिका खेल्ने धाराणा राख्नुभयो । वडा कमिटीलाई चलाएमान बनाएर संगठनको गतिविधिलाई अघि बढाउने उहाँले बताउनुभयो । अधिवेसन पौष २४ गते सम्पन्न भएको हो ।
योसँगै भोजपुर नगरपालिकाको सवै वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट भोजपुर नगरपालिका वडा नं १ को अध्यक्षमा टेकबहादुर तामाङ, वडा नं २ वडा कमिटी अध्यक्षमा अमृत तामाङ, वडा नं ३ वडा कमिटी अध्यक्ष लेखराज प्रधान,वडा नं ४ वडा कमिटी अध्यक्षमा तीर्थबहादुर तामाङ, वडा नं ५ वडा कमिटी अध्यक्षमा अनिल श्रेष्ठ, वडा नं ६ वडा कमिटी अध्यक्षमा कुमार प्रधान, वडा नं ७ वडा कमिटी अध्यक्षमा छिरिङ शेर्पा, वडा नं ८ वडा कमिटी अध्यक्षमा शम्भु खड्का, वडा नं ९ वडा कमिटी अध्यक्षमा धनबहादुर तामाङ, वडा नं १० वडा कमिटी अध्यक्षमा दिलकुमार राई वडा नं ११ वडा कमिटी अध्यक्षमा गंगाबहादुर राई र वडा नं १२ वडा कमिटी अध्यक्षमा युवराज श्रेष्ठको नेतृत्वमा कमिटी गठन भएको एमाले भोजपुर जिल्ला अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो ।