भोजपुर, २८ पुस । रिटर्नी फेडेरेसन नेपाल भोजपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट भक्तबहादुर तामाङको अध्यक्षमा २१ सदस्यीय कमिटी गठन भएको छ । अधिवेशनले कमिटीको उपाध्यक्षहरुमा शिव कुमार भुजेल, निरप्रसाद फुयल, सचिवमा बाबुराम तामाङ, उपसचिवहरुमा लक्ष्मी तामाङ र किशन राई, कोषाध्यक्षमा दावा नेगी शेर्पासहित २१ सदस्यीय कमिटी गठन गरेको हो ।
शनिवार रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय उपाध्यक्ष सालिग्राम बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, केन्द्रीय कोषाध्यक्ष जितेन्द्र बानिया, नेकपा एमाले कोशी प्रदेश सदस्य तथा नगर उपप्रमुख निर्मला शेर्पा, रिटर्नी फेडेरेसन नेपाल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमन प्रधान, एमाले भोजपुरका सचिवालय सदस्य रेवतीरण थापा, नेकपा एमाले भोजपुर नगर कमिटी अध्यक्ष दुर्गा योन्जनलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
रिटर्नी फेडेरेसन नेपाल वैदेशिक रोजगारी,अध्ययन तथा व्यवसाय गरेर स्वदेश फर्किएपछि संगठित भएर बनेको एमालेको भ्रातृ संगठन हो । स्वदेश फर्किएका रिटर्नीहरूलाई संगठित गरेर उद्यमी बन्न प्रेरित गर्ने फेडेरेसनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमन प्रधानले बताउनुभयो ।