भोजपुर हातेमालो सेवा समाजद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री


भोजपुर, २१ पुस । भोजपुर हातेमालो सेवा समाजद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । समाज पूर्व उपसभापति छिरिङ शेर्पाले धापखर्क आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नु भएको हो ।
शेर्पाले आफ्नो स्वइच्छाले यहाँका विद्यार्थीहरुलाई विभिन्न सामग्री वितरण गरेको रेडक्रस उपशाखा सचिव तिर्थराज योञ्जनले बताउनुभयो । शेर्पाले विद्यार्थीहरुको पठनपाठनमा केहि सहयोग पु¥याउने उद्धेश्यले शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो ।

समाजले यसअघि पनि उघोग बाणिज्य संघसँगको समन्वयमा जिल्लाका विभिन्न विद्यालयलाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री सहयोग गरेको छ । साथै समाजले विभिन्न रोगका पीडितहरुलाई आवश्यक सहयोग गर्दै आएको छ । समाजले टेम्केमैयुङ- ५  मझौलेमा रहेको गुम्वालाई सोलार सेटसमेत वितरण गरेको छ ।

विद्यार्थीलाई शैक्षिक सामग्री वितरणप्रति विद्यालयका प्रध्यानाध्यापक हर्कराज शेर्पाले खुसी प्रकट गर्नुभयो । यस्ता खालका कार्यक्रमले विद्यार्थीहरुमा पढाईमा उत्प्रेरणा मिल्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार