भोजपुरको अन्नपूर्णमा चारदिने स्वास्थ्य शिविर सम्पन्न, पन्ध्र सय बढीले पाए सेवा


भोजपुर, ११ मङ्सिर । सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय १४ जनाले सेवा पाएका छन् । स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरको सेवा दिने उद्धेश्यले चार दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

स्वास्थ्य उपचारबाट बन्चित रहेको अवस्थामा आफ्नै ठाउँमा सवै खालका रोगको निःशुल्क सेवा पाउँदा खुसी लागेको टेम्केमैयुङ ४ का स्थानीयबासी प्रेम राईले बताउनुभयो । ।“भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ”उहाँले भन्नुभयो,“निःशुल्क स्वास्थ्य शिविरमार्फत सवै खालका रोगको उपचार गर्न पाइयो । धेरै खुसी लागेको छ । यहि उपचार लिन बाहिरका अस्पतालमा जादा धेरै खर्च हुन्थ्यो ।”

दुर्गम भेगलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनले उपचारको अभावमा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएको टेम्केमैयुङ २ का स्थानीयबासी काजीराम राईले बताउनुभयो । आफ्नै ठाउँमा निःशुल्क सेवा लिन पाउँदा खुसी लागेको उहाँको भनाइ छ। “शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामी जस्ता धेरै नागरिकले सेवा पाएका छौँ” उहाँले भन्नुभयो,“सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएका छौँ ।”

गाउँपालिकाको समन्वय तथा संयोजनमा कादुरी एशोसिएसन व्रिटिस गोर्खा नेपालले शिविर सञ्चालन गरेको हो । शिविरमा जनरल मेडिसिन,आँखा,दाँत, कान, इसिजी सेवा, अल्ट्रा साउण्ड टेष्ट,स्त्रीरोग, ल्याव परिक्षणलगायतको सेवा प्रवाह भईरहेको आयोजकले जनाएको छ ।

स्थानीय नागरिकहरुलाई सजह रुपमा स्वास्थ्य सेवा दिने लक्ष्यले गाउँपालिका केन्द्र अन्नपूर्णमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मानव स्वास्थ्यमा ध्यान दिने सोचले शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

“स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा दिने लक्ष्यले यहाँ शिविर सञ्चालन गरेका छौँ”अध्यक्ष बस्नेतले भन्नुभयो,“शिविरबाट नागरिकहरुले एक साथ सवै खालको सेवा लिन सक्ने छन् ।”

नेपाल सरकारबाट प्राप्त श्रोत साधनबाट प्रवाह भईरहेको स्वास्थ्य सेवा प्रयाप्त नभएकोले कादुरीसँगको सहयकार्यमा शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ । रोग पहिचानसँगै त्यसको उपचारको लागि शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । शिविरसँगै एसईई दिएर बसेको विद्यार्थीहरुलाई प्राविधिक शिक्षाको लागि छनौटको कामसमेत भईरहेको उहाँको भनाइ छ । छनौटमा परेका विद्यार्थीलाई कादुरीले निःशुल्क प्राविधिक शिक्षा दिने उहाँले जानकारी दिनुभयो ।

मंसिर ७ गतेबाट शुरु भएको शिविर मंसिर १० गतेसम्म सञ्चालन गरिएको कादुरीका प्रोजेक्ट म्यानेजर राजन राईले जानकारी दिनुभयो । सञ्चालन भइरहेको शिविरको व्रिटिसका राजदुतसमेत अवलोकन गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार