भोजपुरको मानेभन्ज्याङ्गमा विभिन्न कार्यक्रम गरि मनाइयो संविधान दिवस


भोजपुर, ३ असोज ।
भोजपुरको रामप्रसादराई गाउँपालिका-५ मानेभन्ज्याङ्गले संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा वडाले शुभकामना आदनप्रदान तथा दिप प्रज्वलन कार्यक्रम गरेको हो । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइदै आइएको छ ।

संविधान दिवसको अवसरमा दिप प्रज्वलन तथा शुभकामना आदनप्रदन गरिएको राप्रसादराई गाउँपालिका वडा न -५ का वडाध्यक्ष जगत चौहानले बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले वडासंगै समग्र गाउँपालिकाको विकासमा सवै एकजुट लाग्न आवश्यक रहेको धारण समेत राख्नुभयो । वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा वडा न-६ का वडाध्यक्ष एकराज आर्चाय, वडाका जनप्रतिनिधीहरु,राजनितिक दल, कर्मचारी, शिक्ष, स्थानीय नागरिक लगाएको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार