भोजपुर, २९ भदौ । नेपाली काँग्रेस भोजपुरका सभापति एवम् प्रदेश सभासदस्य विनोद बान्तावा अर्थ समितिको सभापति बन्नु भएको छ । सांसद वान्तावा कोशी प्रदेश अर्थ समितिको सभापति बन्नु भएको हो । कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम १३१ बमोजिम प्रदेश सभाका विषयगत समितिहरु र समितिका कार्यक्षेत्र तोकिएको छ ।
गठित समितिहरुले मुलुकको आवधिक योजनामा विकास योजनाहरु तय गरिएका छन् छैनन्,वार्षिक योजनाहरु कार्यान्वयन भएका छन् छैनन्,विनियोजित रकमहरु उचित तरिकाले खर्च भएका छन् छैनन् ,भौतिक लक्ष्य पूरा भएको छ छैन लगायतको विषयमा आवश्यक सुझाव तथा निर्देशन दिने लगायतको विषयमा आवश्यक सुझाव तथा निर्देशन दिने गर्दछ ।
त्यस्तै लागत अनुमान उपयुक्त र सहि तवरले काम गरिएको छ छैन, समयमै रकम निकासा माग गरिएको छ छैन,रकम निकासा भएर पनि खर्च भएको छ छैन,काम शुरु हुनुभन्दा पहिले रकम उपलब्ध गराइएको छ छैन लगायतको विषयमा छलफल गरेर आवश्यक रणनीति निर्माणमा भूमिका खेल्दछ ।