स्वास्थ्य कार्यालय भोजपुरको बार्षिक समीक्षा सम्पन्न


भोजपुर, २८ भदौ । स्वास्थ्य कार्यालय भोजपुरको जिल्ला स्तरिय बार्षिक समीक्षा तथा योजना तर्जुममा गोष्ठी सम्पन्न भएको छ । कार्यलयमा यस आर्थिक बर्षमा सञ्चालन हुने कार्यक्रम तथा गत बर्ष सम्पन्न भएका योजनाहरुको विषयमा छलफल गरिएका हो । स्वस्थ्य कार्यालय भोजपुर र जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुबाट सञ्चालन भएका खोप अभियान तथा संस्थाबाट प्रदान गरिएको विभिन्न सेवाको विषयमा छलफल गरिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

कार्यक्रममा सहभागी सवै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधीहरुले आ आफ्नो स्वास्थ्य शाखाबाट सञ्चालन भएका खोप अभियान,गाउँघर क्लिनिक, पोषण, महामारी रोग, सर्नेनसर्ने रोग, सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य, अपाङ्गता रोकथाम, स्वास्थ्य सम्बन्धीका विभिन्न सूचकहरुको लक्ष्य तथा प्रगति लगायतका कार्यक्रमहरु विषयमा प्रस्तुतीकरण राखेका थिए ।

दुई दिन सम्म सञ्चालन भएको कार्यक्रममा विगतको कार्यक्रमको समीक्षा गर्दै यस बर्ष सञ्चालन हुने कार्यक्रमको योजना निर्माण गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजुकमार श्रेष्ठले बताउनुभयो ।  प्रमुख श्रेष्ठले भन्नुभयो ‘अझै पनि दुर्गमका कतिपय नागरिकले सहज रुपमा खोप तथा स्वास्थ्य सेवा पाउन नसकेको अवस्था छ, सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकार सवै एकजुट हुन आवश्यक छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार