भोजपुर, २५ भदौ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भोजपुरमा सचेतना कार्यक्रम गरिएको छ । दिवसको अवसरमा ¥यालीसँगै सचेतनामूलक सामग्रीसमेत वितरण गरिएको हो । दिनानुदिन समाजमा बढ्दै गएको आत्महत्याको दरलाई कम गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको हो । दिवसको अवसरमा आत्महत्या न्यूनिकरण सम्बन्धि सन्देशमुलक प्ले कार्डसहित भोजपुरको चारभञ्याङबाट स्वास्थ्य कार्यालयसम्म ¥याली निकालिएको हो ।
समाजमा बढिरहेको आत्महत्याको दरलाई सचेनता फैलाएर न्यूनिकरण गर्ने सोचका साथ कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिमल्सेनाले बताउनुभयो । जिल्लाका सरोकारवाला निकायको उपस्थितिमा भएको उक्त कार्यक्रममा आत्महत्या रोकथामको लागि अपनाउने उपायहरुको विषयमा प्रस्तुतिसमेत गरिएको छ । साथै जिल्लामा भएका आत्महत्याहत्याका घटना विषयमासमेत जानकारी दिइएको छ ।
¥याली पश्चात स्वास्थ्य कार्यालयको सभाहलमा आत्महत्या रोकथामको विषयमा प्रस्तुति गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजुकुमार श्रेष्ठले बताउनुभयो । ‘आत्महत्या रोकथाम बारे सम्वाद शुरु गरौँ,दृष्टिकोण बदलौँ’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय भोजपुर र स्वास्थ्य कार्यालय भोजपुरको आयोजनामा ¥याली निकालिएको हो ।