अरुणमा १११ औँ वी पी जयन्ती तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


भोजपुर, २४ भदौ । भोजपुरको अरुण गाउँपालिकामा १११ औँ वी पी जयन्ती तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्गे्रस अरुण गाउँपालिका समितिको आयोजनामा सोमबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम नेपाली काङ्गे्रस जिल्ला सभापति विनोद वान्तावाको प्रमुख आथित्यतामा गरिएको हो । कार्यक्रममार्फत वी पी कोइरालाले नेपाली राजनितिमा पु¥याएको योगदानको विषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रम बोल्दै प्रमुख अथिति वान्तावाले नेपाली काङ्गे्रसका नेता कार्यकर्ताले वी पी राजनितिमा देखाएको बाटोलाई अनुशरण गर्दै अनुशासित र इमान्दार भएर संगठन विस्तारमा लाग्नु पर्ने बताउनुभयो ।

क्रियाशिल सदस्यता वितरणको लागि परिपत्र गरिएकाले सोहि अनुसार काम गर्नको लागि निर्देशनसमेत दिनुभयो । साथै उहाँले पार्टीलाई बलियो बनाउनको लागि वडा समिति तथा जनसगठनहरुले कम्तीमा महिनामा एक पटक बैठक, छलफल तथा विमर्श गर्ने कार्य गर्न आवश्यक रहेको धाराणा राख्नुभयो । “हामीले वी पीले देखाएको बाटोको अनुशरण गर्दै इमान्दर र अनुशासित बन्न आवश्यक छ”सभापति वान्तावाले भन्नुभयो, “हामीले पार्टी संगठनलाई मजबुत बनाउन आफ्नो तहबाट भूमिका खेल्न आवश्यक छ । वडास्तरबाट पार्टीका गतिविधिलाई निरन्तर रुपमा अघि बढाउन जरुरत छ ।”अरुण गाउँपालिकामा निर्माण हुन लागेको प्रशासनिक भवनलाई समयमा निर्माण गराउन सवैले भूमिका खेल्नु पर्ने बताउनुभयो ।

सभ्य र चेतनशिल समाज निर्माणको लागि मुख्य रुपमा शिक्षा र स्वास्थ्यमा जोडिन आवश्यक रहेको उहाँको भनाइ छ । शिक्षाको चेनतास्तर सुधारले मात्र समाजमा सवै क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ थियो । जिल्ला समितिले विभिन्न अग्रजहरुको सम्मानसँगै पार्टीमा योगदान पु¥याउनेहरुको इतिहास लेखनको काम भइरहेको कार्यक्रममार्फत जानकारी दिनुभयो ।

अरुण गाउँपालिका समिति अध्यक्ष श्रीकुमार राईको अध्ययतामा भएको कार्यक्रममा अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री, महाधिवेसन प्रतिनिधि तथा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, हरि गौतम, तरुण दल केन्द्रिय सदस्य जनक घले, पौवादुङमा गाउँपालिका समिति सभापति मनोज कार्की, वडा नं २ समिति अध्यक्ष मोहन कार्की, जिल्ला समिति सदस्य विवश राई, प्रदेश प्रतिनिधि चुडाँमणी दाहाल, अग्रहज काङ्ग्रेस नेता तिर्थ महत, तरुण दल जिल्ला सभापति ज्योति पौडेल, नेपाली काङ्गे्रसका युवा विपिन निरौलालगायत अग्रज नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार