एमाले जिल्ला उपाध्यक्ष युवा नेता किरण राईको राजनितिक यात्रा


भोजपुर, १२ असार । पछिल्लो समय राजनितिमा युवाहरुको भूमिका सशक्त देखिएको छ । पार्टीप्रतिको लगनशिलता र विभिन्न, आन्दोलन तथा मोर्चाहरुमा पु¥याएको योगदानको आधारमा जिम्मेवारी पनि पाईरहेका छन् । यस्तै उदयमान, कर्मठ प्रभावशाली एमाले युवा नेताका रुपमा सानो उमेरमा स्थापित नाम हो किरण राई । पौवादुङमा गाउँपालिका वडा नं ३ च्याङग्रेको औलियामा २०४२ सालमा आमा महिन्द्रकुमारी राई र बाबा काजी राईको जेठो सुपुत्रको रुपमा राईको जन्म भएको हो ।

 

दोश्रो पटक पौवादुङमा गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाउनु भएका किरण राई नेकपा एमालेको २०८१ बैशाख २०, २१ गते सम्पन्न नवौँ जिल्ला अधिवेसनबाट जिल्ला उपाध्यक्षमा निर्वाचित बन्नु भएको हो । ३६ वर्षकै उमेरमा देशको सशक्त र ठुलो पार्टी एमाले भोजपुरको दुई पटक सचिवसमेत बनी सक्नु भएको छ । राई एमालेको आठौँ जिल्ला अधिवेसनबाट सचिव पदमा निर्वाचित हुनु भएको थियो ।

नेकपा (एमाले) भोजपुरको निर्वाचनबाट पदाधिकारी छनौट गरिएको इतिहासको पहिलो निर्वाचनमा उहाँलाई पूर्व मन्त्रीसंग प्रतिस्पर्दा गर्ने अवसर जु¥यो । उहाँ पूर्व मन्त्री कृपाशुर शेर्पालाई पराजित गर्दै उपाध्यक्षमा फराकिलो मतान्तरले निर्वाचित बन्नुभयो ।

उपाध्यक्ष पदमा तीन सय २० मत ल्याएर उहाँ विजयी बन्नुभयो भने पूर्व साँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले दुई सय १६ मत प्राप्त गर्नु भएको थियो । सानो उमेरमा राजनितिमा परिपक्क बन्नु भएका राई प्रतिस्पर्धाले मानिसलाई पूर्ण बनाउने धाराणा राख्नु हुन्छ ।

राजनिति जनताको सेवा गर्ने काम भएकाले जनतालाई सिरोधार्य गरेर अघि बढेमा चालेका पाइलाबाट पछि सर्नु नपर्ने उहाँको ठम्याई छ । हरेक राजनितिक मोर्चामा खरो रुपमा प्रस्तुत हुने नेता राईलाई जनताले भावी भोजपुरको नेतृत्वको रुपमासमेत चित्रन गर्न थालेका छन् । पौवादुङमा गाउँपालिको अध्यक्षसमेत रहनु भएका राईले गाउँपालिकालाई शुसाशन तथा विकासमा जिल्लाको पहिलो गाउँपालिका बनाउनु भएको छ ।

राईले नेतृत्व गरिरहनु भएको पौवादुङमा गाउँपालिका कार्यसम्पादन मुल्याङ्कनमा जिल्लाको पहिलो र कोशी प्रदेशमा तेस्रो स्थानमा पर्न सफल भएको छ । राईको नेतृत्वमा जनताका पक्षमा गरेका कामले जिल्लासँगै देशमासमेत चर्चा पाईरहेको छ । राईको कुसल नेतृत्वदायी क्षमताको जनताले खुलेर प्रशंसा गरिरहेका छन् ।

उहाँले गाउँपालिकामा लिएको नीति तथा कार्यक्रमले एक पछि अर्को सफलता पाईरहेको अवस्था छ । पौवादुङमा गाउँपालिकाको अघिल्लो कार्यकालमा जनमुखी काम गरेर उदाहरणिय बन्नुभएका उहाँ २०७९ सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धीहरुलाई फराकिलो मतले पछि पार्दै पुनः गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाउनुभयो ।

उहाँ स्थानीय तहको निर्वाचनमा दुई हजार ४९९ मत ल्याएर विजयी बन्नु भएको हो भने उहाँका प्रतिस्पर्धी काङ्ग्रेसका टेकनरसिंह कार्कीले एक हजार ३७१ र माओवादी केन्द्रका नगेन्द्र भुजेलले एक हजार ६८८ ल्याउनु भएको थियो । अघिल्लो कार्यकालमा गाउँपालिकामा अल्पमतमा रहेको अवस्थामा दोश्रो निर्वाचनमा बहुमतसहित गाउँपालिकाको अध्यक्ष बन्नु सफल हुनुभयो ।

२०७४ सालको निर्वाचनमा भोजपुरका स्थानीय तहको कान्छो जनप्रतिनिधिको रुपमा अध्यक्षमा जित हासिल गर्नु भएका राई दोश्रो पटक पनि पौवादुङमा गाउँपालिकाको अध्यक्षमा विजयी भएर आफ्नो योग्यता र क्षमतालाई थप उजागर गर्न सफल हुनुभयो ।

२०६१/६२ सालमा अनेरास्ववियू तथा युवा संघमा काम गर्दै राजनितिमा प्रवेश गर्नु भएको थियो ।

राई एमालेको चिवतनमा भएको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि र काठमाण्डौमा भएको प्रथम विद्यान महाधिवेशन प्रतिनिधि बनिसक्नु भएको छ । एमालेको काठमाण्डौमा नै भएको नवौं महाधिवेशनमा देशको सबै भन्दा कान्छो महाधिवेशन प्रतिनिधि बन्नु भएका राई प्रदेश समन्वय परिषदका सदस्य पनि हुनुहुन्छ । मदन भण्डारी स्पोर्ट एमेडेमीको अध्यक्षको जिम्मेवारी पुरा गरी सक्नु भएका राई पूर्वाञ्चल क्षत्रीय भलिबल रेफ्रीसमेत बन्नु भएको थियो ।

२०६४ र २०७० सालको निर्वाचनमा युथफोर्सको उप प्रमुखको हैसियतले दुई नम्बर क्षेत्रमा पूर्व सूचना तथा सञ्चार मन्त्री एंव पूर्व मुख्यन्त्री शेरधन राईलाई जिताउन चुनावी कमाण्ड सम्हाल्नुभएका राई एक प्रखर र स्पष्ट वक्ता मानिनु हुन्छ ।

आफैले अध्यायन गरेको पञ्चकन्या माध्यमिक विद्यालय च्याङ्ग्रेको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा प्रतिस्प्रधिलाई फराकिलो मतान्तरले हराएसँगै आफूले चुनावी अनुभव बटुलेकोसमेत राईले सुनाउनुभयो

युवाहरुले देश विकासमा नयाँ भिजन र नयाँ सोचका साथ उदाहरणिय काम गर्नु पर्छ भन्ने सोच बोक्नु भएका राईले आफुले नेतृत्व गरेको गाउँपालिकामा विभिन्न जनतामुखी कामहरु गर्दै आउनु भएको छ । कुनै पनि कामलाई नमूनायोग्य र अरु भन्दा केहि न केहि फरक तथा पृथकढंगले गर्न रुचाउने राईले विकासका कामलाई पनि सोहि अनुरुप अघि बढाएको जनताको प्रतिक्रिया छ ।

उहाँले संघीयता कार्यान्वयनको चरणमा पौवादुङमा गाउँपालिका स्थापना गर्न संघर्ष समितिको संयोजक बनेर गाउँपालिका स्थापना गर्न निकै ठुलो योगदान गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार