राज्यमन्त्री राईद्धारा भोजपुरको विकास र सुशासनमा जोड


भोजपुर, १८ असार । कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले भोजपुरको विकास र सुशासनमा जोड दिनु भएको छ । मन्त्री राईले यहाँका प्रदेश सरकारद्धारा सञ्चालित विभिन्न योजनाहरुको स्थलगत अनुगमन गर्नु भएको छ । मन्त्री राईले भोजपुर देउरालीमा निर्माणधिन, एलम्बर सभा किराँत संग्राहलय, पाते दुना टपरी उद्योग सञ्चालन भवन, राउते खोला पक्की पुल, तिवारीभञ्याङ–च्याङ्ग्रे कालोपत्र सडकको अनुगमन गर्नु भएको हो । सभाहल निर्माण अन्तिम चरणमा पुगेको छ । मन्त्री राईले यो भवन सम्पन्न गराउनको लागि यो आर्थिक वर्षको लागि रु. ५० लाख बजेट विनियोजन गर्नु भएको थियो ।

त्यस्तै मन्त्री राईले जिल्ला विकासको अवस्था विषयमा जानकारी लिन कार्यालय प्रमुखसँग छलफल गर्नु भएको छ । विकासका गतिविधिमा ध्यान दिँदै मनसुन शुरु भएकाले यस तर्फ ध्यान दिन उहाँले निर्देशन दिनु भएको छ । मन्त्री राईले मनसुनको समयमा हुने विपद् जन्य घटना न्यूनिकरण तथा विपद् पूर्व तयारीको लागि स्थानीय तहसंग समन्वय गर्न आवश्यक रहेको बताउनुभयो । कर्मचारी तहबाट आएको समस्यालाई समाधनमा आफ्नो तहबाट भूमिका खेल्ने उहाँले बताउनुभयो ।

विभिन्न कार्यालयका प्रमुखहरुले कार्य प्रगति तथा देखिएका समस्याको विषयमा जानकारी गराएका छन् । खास गरेर दर्वन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा केहि समस्या रहेको उनीहरुको भनाइ छ । मन्त्री राईले जिल्लाका समसामहिक विषयमा यहाँको राजनितिक दलहरुसँग छलफल गर्नु भएको छ । मन्त्री राईले पौवादुङमा गाउँपालिकामा आयोजना गरिएको उत्कृष्ट विद्यालय तथा विद्यार्थी सम्मान कार्यक्रममा सहभागि बन्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार