अन्नपूर्णमा सेनाले निर्माण गरेको शौचालयको पृतनापति उपरथी तामाङद्धारा उद्घाटनसँगै हस्तान्तरण


भोजपुर, २० फागुन । नेपाली सेनाले भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ को अन्नपूर्ण बागधन रणदीपाराई माध्यमिक विद्यालयमा निर्माण गरेको शौचालयको उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । सेनाको शीघ्र प्रभाव आयोजना अन्तर्गत नौ लाख ९७ हजार ५८६ रुपैँया लागतमा निर्माण भएको शौचालयको पूर्वी पृतनापति उपरथी आश बहादुर तामाङ(पिएच.डि)ले आइतबार उद्घाटनसँगै हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी तामाङले सेनाले विपद् व्यवस्थापनसँगै सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको बताउनुभयो । त्यस्तै भावी दिनमासमेत सामाजिक सेवामा सेनाले काम गर्ने धाराणा राख्नुभयो । निर्माण भएको शौचालयको स्थायित्वसँगै सहि सदुयोगको लागि विद्यालयलाई ध्यान दिनसमेत आग्रह गर्नुभयो । सेनाको अगुवाईमा भोजपुरमा विभिन्न कामहरु सम्पन्न भएको उहाँको भनाइ थियो । “नेपाली सेनाले आफ्नो विशेष जिम्मेवारीलाई ध्यान राख्दै विपद् व्यवस्थापनसँगै सामाजिक क्षेत्रमासमेत विभिन्न काम गरेको छ ।”उहाँले भन्नुभयो,“ भावी दिनमा पनि यस्ता खालका काममा सेनाको ध्यान जानेछ ।यहाँ निर्माण भएको यो शौचालयको सरक्षणसँगै सहिसदुपयोग तथा स्थायित्वको लागि ध्यान दिन विद्यालय परिवारलाई आग्रह गर्दछु ।”
सेनाले कार्यक्रमको अवसरमा खेलकुदका सामग्रीसँगै कक्षा १ देखी ५ कक्षा सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसमेत वितरण गरेको छ । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि चन्द्र राईले सेनाले विद्यालयको हितको लागि निकै ठूलो योगदान गरेको बताउनुभयो । शौचालय निर्माणले यहाँ अध्यायनरत विद्यार्थीहरु सहजता भएको उहाँको भनाइ छ ।

विद्यार्थीहरुको सहजताको लागि पाँच कोठे शौचालय निर्माण गरिदिएको नयाँ श्रीनाथ गण भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिनुभयो । नागरिक सैनिक सम्वन्धलाई थप प्रघाढ बनाउने उद्धेश्यले यहाँ शौचालय निर्माण गरिएको उहाँले कार्यक्रममार्फत बताउनुभयो । गत मंसिर महिनाबाट निर्माण थालिएको शौचालय भवन माघ २२ मा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार