वैशाख ३ र ४ गते एमाले भोजपुरको नवौं जिल्ला अधिवेशन हुने


भोजपुर, २० फागुन । नेकपा एमाले भोजपुरमा नवौं जिल्ला अधिवेशन २०८१ वैशाख ३ र ४ गते हुने भएको छ । शनिबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले आगामी वैशाख ३ र ४ गते जिल्ला अधिवेशनको मिति तय गरेको एमाले भोजपुरका उपाध्यक्ष मक्कर खड्काले बताउनुभयो।

भोजपुर नगरपालिका सभाहलमा एमाले भोजपुरका अध्यक्ष शरण राईको अध्यक्षतामा बशेको पूर्ण वैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । बैठक एमाले पार्टी सचिव एवम् कोशी प्रदेशका इन्चार्ज रघुबिर महासेठको प्रमुख आतिथ्यमा भएको थियो । बैठकलाई इन्चार्ज महासेठ, स्थायी कमिटी सदस्य शेरधन राई, पार्टी केन्द्रीय सदस्य रबिन कोइराला लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार