रामप्रसादराई गाउँपालिकामा तीन दिने सहकारी सम्बन्धि तालिम शुरु


भोजपुर, १६ फागुन । भोजपुरको रामप्रसादराई गाउँपालिकामा सहकारी सम्बन्धि तीन दिने आधारभूत शुरु भएको छ । सहकारी क्षेत्रको विकाससँगै क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।  तालिममा गाउँपालिका भित्रका ६ वटा वडाका नौ वटा सहकारीको सहभागिता रहेको छ । खास गरेर सहकारीलाई व्यावस्थितढंगले सञ्चालनको लागि सहकारीका अध्यक्ष, सचिव, व्यावस्थापक लगायतलाई गाउँपालिकाले तालिम दिएको हो ।

सरकारको तीन खम्बे नीतिमा एक खम्व सहकारी मानेकोले यसलाई व्यवस्थितसँगै पारदर्शीढंगले सञ्चालनको लागि तालिम दिइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । सहकारीहरुलाई सूव्यवस्थित रुपमा सञ्चालन गरेर सवै तवरबाट सूसचित र सक्षम बनाउन तर्फ गाउँपालिकाले जोड दिएको उहाँको भनाइ छ ।
गाउँपालिकाको आयोजना शुरु भएको तालिम बुधबारबाट तीन दिनसम्म तालिम सञ्चालन हुनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलको अध्यक्षमा सुरु भएको उद््घाटन कार्यक्रमको प्रमुख अथिति गाउँपलिका अध्यक्ष थामबहादुर राई रहनु भएको थियो ।

त्यस्तौ उद्घाटन कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख रमेश ढकालले गरिरहनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार