फागुन १९ मा भोजपुर काङ्ग्रेसको जिल्ला सम्मेलन, महामन्त्री शर्मा आउदै


भोजपुर, १६ फागुन । नेपाली काङ्ग्रेस भोजपुरको जिल्लामा सम्मेलन यहि फागुन १९ गतेको लागि तय भएको छ । सम्मेलनलाई सम्बोधन गर्नको लागि प्रमुख अथितिको रुपमा महामन्त्री विश्व प्रकाश शर्मा आउने काङ्ग्रेसका जिल्ला सभापति विनोद बान्तावाले जानकारी दिनुभयो । सम्मेलनमार्फत भोजपुर काङ्ग्रेसले जनताका अपेक्षा आकाङ्क्षाहरुलाई कसरी समेटेर सशक्त पार्टी बनाउन जुट्नेलगायत विषयमा कार्ययोजना तयार गर्ने सभापति बान्तावाको भनाइ छ । पार्टीको आन्तरिक जीवन र भावी लक्ष्य तथा योजनाको विषयमा छलफल हुने उहाँको भनाइ छ ।

“फागुन १९ मा हाम्रो जिल्ला सम्मेलन तय भएको छ”सभापति बान्तावाले भन्नुभयो, “सम्मेलनमार्फत पार्टीलाई अझ शसक्त बनाउने विषयमा भावी योजना निर्माणसँगै हालसम्मको गतिविधिको समिक्षासमेत गरिने छ ।” अधिवेशनलाई भव्य रुपमा सम्पन्न गराएर अपेक्षित उपलब्धि हासिल गर्नको लागि पार्टीका जिल्ला सभापती तथा पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्य, प्रदेश कार्य समिति, जिल्ला स्थित सम्पूर्ण पालिका पदाधिकाहरु, यहाँका ८१ वटै वडाका वडासमितिका पदाधिकारीको उपस्थिति रहेको जनाइएको ।

त्यस्तै जिल्ला स्थित पार्टीका भातृ तथा शुभेच्छुक संघ संस्थाहरु, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघ, दलित संघ, सास्कृतीक संघ, शिक्षक संघ, किसान संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ लगायतको उपस्थिति रहने पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार