आयुर्वेद कार्यालय भोजपुरद्धारा कर्मचारीलाई तनाव व्यावस्थापन सम्बन्धि अभ्यास


भोजपुर,१० फागुन । तनाव व्यावस्थापन गरेर कार्यालयबाट दिइने सेवालाई व्यावस्थित र प्रभावकारी बनाउन कर्मचारीलाई कार्य कक्षमा पर्ने योगाको विषयमा अभ्यास गराइएको छ । कार्य सम्पादनका क्रममा आउने तनावलाई व्यवस्थापन गर्दै शारिरिक र मानसिक पिडालाई हटारएर सेवा प्रवाह गर्न सक्ने वातावरण निर्माण गर्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आवश्यक ज्ञान दिएको हो ।

कार्यालय समय भन्दा पहिला, खाजा खाने वा अन्य फुर्सदको समयमा आफ्नै आशासनमा गर्न सकिने मेच व्यायम तथा प्रणायमको विषयमा केन्द्र अभ्यास गराएको हो । यस्तो खालको व्यायम तथा प्रणायमले ५ मिनेटमा मानिसलाई फ्रेस बनाउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख मनोज पण्डितले जानकारी दिनुभयो । सूर्य नमस्कार योगा अभ्यास तनाव व्यावस्थापनको लागि निकै उपयोगि विधि रहेको उहाँको भनाइ छ ।

केन्दले यहि फागुन ४ गते प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्ष बसेको कार्यालय प्रमुखहरुको वैठकमा सूर्य नमस्कार योगाको अभ्यास गराएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार