भोजपुर, ७ फागुन । राष्ट्रिय यवा संघ नेपाल भोजपुरको आयोजनामा वि डिभिजन स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ। प्रजान्तत्र दिवसको अवसरमा सोमबारबाट प्रतियोगिता शुरु भएको हो । फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १९ टिमको सहभागिता रहेको युवा संघ नेपाल भोजपुरका अध्यक्ष रविन थापाले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ केन्द्रिय कमिटीले फागुन ११ गतेबाट‘दोश्रो केपि ओली कप’ सञ्चालन गर्ने सन्दर्भलाई लक्षित गरेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भोजपुरले व्याडमिन्टन प्रतियोतिा गरेको युवा संघ नेपालको स्थायी कमिटी सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज ज्ञानेन्द्र राईले बताउनुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अथिति रहुन भएका राईले व्याडमिन्टन खेलको विकास गर्ने लक्ष्यले प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २२ हजार २२२, ट्रफी, मेडल र प्रमाण पत्र र द्धितिय हुने टिमले नगद रु ११ हजार १११ को साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउने राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।
भोजपुर सदरमुकामको कवोर्ड हलमा सञ्चालन भइरहेको छ । खेलको अवसरमा भोजपुरका १४ जना व्याडमिन्टनका राष्ट्रिय खलाडीहरुलाई सम्मान गरिने जनाइएको छ । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य प्रेम कार्की, नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, उपाध्यक्ष मक्कर खड्का जिल्ला कमिटी सदस्य इन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।