सांसद बान्तवाको पहलामा आर्थिक रुपमा कमजोर १८ विरामीको निःशुल्क शल्यक्रिया


भोजपुर, ३ फागुन । गरिवीका कारण उपचारबाट बन्चित रहेका दुई स्थानीय तहका १८ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । विभिन्न रोगबाट ग्रसित भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकाका नागरिकले निःशुल्क विषेशज्ञ डाक्टरको सेवा पाएका हुन् । यहाँका नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालनपछि जटिल खालका रोगको नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरबाट निःशुल्क स्वास्थ्य उपचार दिइएको हो । कोशी प्रदेशका सांसद विनोद बान्तावाको पहलमा दुई पालिकामा निःशुल्क शिविर सञ्चालन गरिएको थियो । शिविरका क्रममा जटिल समस्या भएकाहरुलाई बाहिरका अस्पतालमा थप उपचार तथा शल्यक्रियाको लागि रेफर गरिएको थियो ।

विभिन्न रोगका १८ जना विरामीको निःशुल्क शल्यक्रिया गरिएको नोवेल मेडिकल कलेज टिचिङ अस्पतालका मार्केटिङ अफिसर सन्तोष दाहालले बताउनुभयो । सवै विरामीहरुको औषधी बाहेकका सम्पूर्ण खर्च निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा यूरोलोजीको तीन जना, अर्थपेडिक हार्डजोर्नीका चार जना, स्त्रीरोग तर्फ गाइनो पाँच जना, नाक कान घाँटी एक जना, न्यूरो सर्जरी एक जना, जेरेरल सर्जरी तीन जना र मुटुको एक जनाको शल्यक्रिया गरिएको दाहालले बताउनुभयो । त्यस्तै डेन्टलमा सात जनाको निःशुल्क उपचार भएको छ । उनीहरुलाई वेडमा भर्ना गरेर नै उपचार गरिएको अस्पतालले जनाएको छ ।
“विभिन्न रोगका १८ जना विरामीको निःशुल्क शल्यक्रिया गरेका छौँ” दाहालले भन्नभयो,“ विरामीहरुको औषधि र आवश्यक सामान बाहेक अस्पतालबाट शुल्क पूर्णरुपमा छुट गरेर सेवा प्रदान गरेका छौँ ।”

आफ्नो निर्वाचन क्षेत्रका स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानसँगै जटिल खालका रोगको निःशुल्क उपचार गर्ने लक्ष्यका साथ शिविरि सञ्चालन गरिएको सांसद विनोद बान्तावाले बताउनुभयो ।

“उपचारको अभावमा रोग लुकाएर बसेका ग्रामिण भेगका गरिव तथा विपन्न परिवारलाई लक्षित गरेर निःशुल्क उपचारको व्यवस्था मिलाएका छौँ” सांसद राईले भन्नुभयो,“डाक्टरले सिफारिस गरेका विरामीलाई निःशुल्क शल्यक्रियासमेत गरिएको छ। नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउनको लागि मैले पहल गरिरहेको छु । यो मेरो आफ्नो निर्वाचन क्षेत्र पनि हो ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार